"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा (no any template available) 714387द्वारा पुनरावलोकन Tulsi Bhagat (वार्तालाप) खारेज गर्नुहोस चिनो: पूर्ववत |
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या) |
||
पङ्क्ति १०:
पृथ्वीनारायणले नेपाल बनाइदिएर हामी नेपाली भन्दै गर्व गर्न पाएको भन्ने तर्क गर्नेहरु पनि छन । तर यो पनि बेठीक तर्क हो । पृथ्वीनारायणले नेपाल हडपेपछि नेपालीहरु गर्व गर्न नसक्ने हुत्तिहारामा परिणत भएको उदाहरन छ । मल्लकालमा नेपालमा राजनीतिक सिमाना नेपालमण्डलकै वरीपरी सिमित भएता पनि नेपाल दह्रिलो अर्थतन्त्र थियो, शक्तिशाली थियो । वरपरका छिमेक देशले आदर र इज्जत गर्ने देश थियो । तर पृथ्वीनारायणको कब्जामा परेपछि नेपाल कमजोर बन्यो, पिछौडा बन्यो, गरीब बन्यो, भाडाको सिपाहि पठाउने देश बन्यो, मागिखाने मगन्ते बन्यो । अहिले संसारभरी भरीया कामदार निर्यात गरेर गुजारा गर्ने हुत्तिहारा बन्यो । थुक्क, यत्तिको गिर्दा पनि आँखा खोल्दैन ?
अहिले अमेरीका संसारमा नं १ शक्तिशाली भइ बसेको छ, किन संसारले अमेरीकालाइ नं १ मा राखेको हो? त्यसको मानक के हो? हातहतियार वा आणविक क्षमताका कारण शक्तिशाली भनेको भए रुसको आणविक भण्डार अमेरिका भन्दा बढी छ ।
मुद्राको शक्ति कति ब्यापक छ भन्ने कुरा नेपालीलाइ थाहा नै छैन, किन कि नेपाली जनतालाइ यो बारेमा केहि पनि पढाइएको नै छैन । इतिहास साक्षि छ तिब्बत र मुगल शासित भारतमा नेपालको मुद्रा चल्थ्यो । तिब्बत हालको नेपाल भन्दा ५ गुणा ठुलो, र मल्लहरुले राज्य गरेको नेपालमण्डल भन्दा झण्डै ५० गुणा ठुलो देश हो भने मुगल शासित भारतीय राज्य पनि तात्कालिन नेपाल भन्दा ३०-४० गुणा ठुलो राज्य हो । अब भन्नुस यति सानो नेपाल राज्यको मुद्रा त्यत्रो ठूलो ठूलो देशहरुमा चल्ने, तर ती देशहरुको मु्द्रा अन्त नचल्ने, यस्तो कसरी संभव भएको थियो होला? तिब्बतको मुद्रा समेत नेपालमा बन्ने गर्थ्यो त्यो बेलामा । त्यस्तो कसरी संभव भयो होला? स्मरण रहोस, केहि वर्ष अगाडि नेपालको मुद्रा भारतमा छाप्न खोज्दा नेपालमा ठूलो विवाद र बहस भएको थियो, र अन्त्यमा मु्द्रा छाप्न तेस्रो देश (अष्ट्रेलिया) लगियो । अर्थमामिलामा छिमेक देशलाइ हतपत विश्वास गरिदैन । भारत र पाकिस्तान बीच मुद्रा छपाइ र नक्कलि नोटको विषयमा सँधै किचलो छ । तर नेपालले छिमेकि तिब्बतको मुद्रा छाप्थ्यो भने मुगल राज्यमा नेपाली मुद्रामा कारोवार गर्न कुनै रोकटोक थिएन । नेपालमा मुगल मुद्रा प्रयोग भएको देखिन्न । के तिनले नेपालको सिको गरी आफ्नै मुद्रा बनाएर वरपर छिमेकि इलाकामा प्रयोग गर्ने चाहना राखेनन होला? के ती मुगल वा तिब्बति बादशाहहरुले दया गरेर नेपालको मुद्रा स्वीकारेको होला? होइन । तिनको दयाले होइन । त्यो बेलाको नेपाली सुझबुझ र विकासका कारण नेपालीले यस्तो अवसर पाएका हुन ।
|