"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३८:
साउन महिनाको मध्य–वर्षादको झरी तथा हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गद्धिहरुकै बीचमा ९ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले (भिमसेन थापाले) आफ्नो जीवनलीलालाई समाप्त गरे (वि.सं. १८९६, श्रावण १६) ।”
 
पुस्तकमा बाहिर प्रकाशमा आएका बाहेकका कुराहरुलाई बढि जोड दिइएको छ । त्यसैले भिमसेनथापाको नकारात्मक पक्षहरुमा बढि ध्यान पु¥याइएको पाइन्छ । [[जंगबाहदुर राणा]]लाई पनि जंगबहादुर कुँवर राणा भनेर पछिसम्म उल्लेख गरिएको छ । राजेन्द्रलक्ष्मी भन्दा बढि बहादुर शाह प्रति सहानुभुति देखाइएको छ । सत्ता र शक्तिको लागी पाँडे, थापा, कुँवर राणा, शाही÷शाह, आदिको आपसी कलह र एकअर्कालाई सिध्याएर आफू बलियो हुने खेलहरुले नै बहादुर शाह पश्चातको कालखण्ड सकिएको छ । शाही र शाह राजपरिवारकै नातपातका छन् भने थापा भीमसेन थापाका सन्तती र कुँवर राणा वालनरसिंह कुँवरका सन्ततीहरु छन् भने पाँडेहरु कालु पाँडेका सन्तानहरु छन् । जंग बहादुर कुँवर राणा भिमसेन थापाका भतिजा माथवरसिंह थापाका भान्जा हुनाले थापा परिवारको शक्ति खोसेर कुँवर राणाले लिनु, वहादुर शाहलाई रणबहादुरले मार्न लाउनु, रणबहादुरलाई उनकै सौतेनी दाइ शेरबहादुर शाहीले मार्नु पछि गएर [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीपसिंह कुँवर]] राणालाई खड्गशम्सेर कुँवर राणाले मार्नु, आदिले प्राय पारिवारिक खिचातानी र हत्याहरुले इतिहासको पाना भरिएका छन् । एक पुस्ताले दुःखले आर्जेको राज्यमा पछिका पुस्ताले रजाईँ गर्ने र त्यसकै फलस्वरुप अर्काले खोस्ने प्रवृत्ति रहेको देखिन्छ । प्रतापसिंह शाह बलियो भइदिएका भए र पिता जस्तै दूरदृष्टिवाला भएका भए उनले भाइ बहादुर शाहसँग मिली देशको सिमा बढाउने र गाभिएका राज्यभित्र भावनात्मक एकिकरण गराएर राज्य बलियो बनाउन तर्फ लाग्थे होला । त्यसो भएको भए इतिहासै बेग्लै हुने थियो । तर पृथ्वीनारायण शाहपछिका सिंहासनका उत्तराधीकारीहरु मोज मस्ती र अधिकारको लुछाचुँडिमै व्यस्त भए । त्यसैको फाइदा कहिले थापा त कहिले कुँवर राणाले उठाए । आफ्ना विरोधीहरुलाई दमन गरेरै भएपनि अलि लामो समयसम्म स्थिरता ल्याउनेमा भिमसेन थापा र जंगबहादुर कुँवर राणा नै देखिन्छन् ।
 
इतिहासको आधार राजाका नाममा लेखिएका अर्जीपत्रहरुलाई मानिएको छ । बाबुराम आचार्यका कुराहरु अन्य केहि पुस्तकसँग बाँझेका छन् । उदाहरणका लागी अलि रियाज र सुभो बासुको प्याराडाइज लस्ट स्टेत फेलर इन नेपाल पुस्तकमा नेपाल १७९२ मा चिनियाहरुबाट हारेपछि एकिकरण अभियान रोकिएको र १८१६ पश्चात लगभग अंग्रेजबाट संरक्षित राष्ट्र भनेर उल्लेख गरिएको छ । आचार्यले भने कहिँ कतै यस्तो संकेत गरेका छैनन् । नेपाली शासकले अंग्रेज रिझाउने प्रयास गर्ने गरेको र बेलाबेला शक्तिमा आउन चाहने भारदारले समेत अंगे्रजको मनोदशा अनुसार कदम चाल्ने र दरबारले दूताबासमा शरण लिन जाने जस्ता कुराहरु त उल्लेख गरिएका छन् तर ठाडो हस्तक्षेपका कुराहरु उल्लेख छैनन् ।
पङ्क्ति ४७:
एकिकरणका सबालमा पिताको जस्तै सोच राख्ने भएपनि रणबहादुरले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि बहादुर शाहले चिनियाँ अधिकारी गुहारेको प्रसंग विदेशी हस्तक्षेप बढाउनमा देशकै सासकहरु पहिले देखिनै तल्लीन थिए भन्ने देखिएको छ । जे होस् यो पुस्तकले नेपाली इतिहासको केहि दुःखद र पाठ सिक्नु पर्ने दिनहरु पाठक माझ ल्याएको छ । इतिहास र राजनीतिमा रुचि राख्नेका लागी यो एकदमै उत्तम पुस्तक हुन सक्छ । साथै यसालाई सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरेर पुरानो इतिहासको पुनर्लेखन गर्नेका निम्ती पनि यो पुस्तकले बलियो आधार दिन्छ ।
==गल्तीहरु==
पुस्तकका कम्जोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु दोश्रो संस्करणमा पनि सम्पूर्ण रुपले सच्चिएका छैनन् । इतिहास लेखनको आधार प्रष्ट रुपमा उल्लेख गरिएका छैनन् । पुस्तकमा उल्लेख घटनाहरू कुनै आँखोदेखि बयान नभएकाले श्रोत सामग्रीको उल्लेखले विश्वस्नीयता थपिन्थ्यो र थप अध्ययन गर्न इक्षुकका निम्ति पनि बाटो खुल्थ्यो । बहादुर शाह देखि देबशम्शेर सम्मको इतिहास छेउ न टुप्पोको भएको जस्तो लाग्छ । [[पृथ्वी नारायण शाह]] देखि ००७ साल सम्मको भएको भए देश निर्माण देखि प्रजातन्त्र सम्मको इतिहास भन्न मिल्थ्यो । जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्छक हो । मलाई लाग्छ ‘सकस’ पढेकाले झन् छुटाउनै हुँदैन ।<ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>
 
==सन्दर्भ सामग्रीहरू==