"ललिता निवास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''ललिता निवास''' [[भिम शमशेर जङ्गबहादुर राणा|श्री ३ भीमशमशेर]]का छोरा हिरण्यशमशेर, हिरण्यका छोरा [[सुवर्ण शमशेर राणा|सुवर्णशमशेर]]को दरबार हो । [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]का नेता समेत रहेका सुवर्णशमशेरको ललिता निवास जति विशाल छ त्यति नै भव्य पनि । २०१६ सालमा [[विश्वेश्वरप्रसाद कोइराला]]को नेतृत्वमा बनेको सरकारमा सुवर्णशमशेर उपप्रधानमन्त्री थिए ।
 
राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि [[विश्वेश्वरप्रसाद कोइराला|बीपी]]सहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन [[कोलकाता|कलकत्ता]] गएकाले जोगिएका थिए । [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र]]ले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान संकेत गरेका थिए र !
 
२०२१ मंसिरमा गृह मन्त्रालयका तर्फबाट राजपत्रमा प्रकाशित सूचना अनुसार अधिग्रण गरिएका राणाकालीन ६ वटा दरबार क्षेत्रका एक हजार दुई सय ९८ रोपनी पाँच आना एक पैसामा चर्चेको क्षेत्रफल उल्लेख छ। त्यसमध्ये ललितानिवासको दुई सय ९९ रोपनी नौ आना तीन पैसा जग्गामा सुवर्णशमशेर र कञ्चनशमशेर (सुवर्णका छोरा) १४ रोपनी ११ आना जग्गामात्र जफत भएको राजपत्रमा उल्लेख छ।
"https://ne.wikipedia.org/wiki/ललिता_निवास" बाट अनुप्रेषित