"ललिता निवास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''ललिता निवास''' [[भिम शमशेर जङ्गबहादुर राणा|श्री ३ भीमशमशेर]]का छोरा हिरण्यशमशेर, हिरण्यका छोरा [[सुवर्ण शमशेर राणा|सुवर्णशमशेर]]को दरबार हो । [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]का नेता समेत रहेका सुवर्णशमशेरको ललिता निवास जति विशाल छ त्यति नै भव्य पनि । २०१६ सालमा [[विश्वेश्वरप्रसाद कोइराला]]को नेतृत्वमा बनेको सरकारमा सुवर्णशमशेर उपप्रधानमन्त्री थिए ।
 
राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि [[विश्वेश्वरप्रसाद कोइराला|बीपी]]सहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन [[कोलकाता|कलकत्ता]] गएकाले जोगिएका थिए । [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र]]ले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान संकेत गरेका थिए र !
 
२०२१ मंसिरमा गृह मन्त्रालयका तर्फबाट राजपत्रमा प्रकाशित सूचना अनुसार अधिग्रण गरिएका राणाकालीन ६ वटा दरबार क्षेत्रका एक हजार दुई सय ९८ रोपनी पाँच आना एक पैसामा चर्चेको क्षेत्रफल उल्लेख छ। त्यसमध्ये ललितानिवासको दुई सय ९९ रोपनी नौ आना तीन पैसा जग्गामा सुवर्णशमशेर र कञ्चनशमशेर (सुवर्णका छोरा) १४ रोपनी ११ आना जग्गामात्र जफत भएको राजपत्रमा उल्लेख छ।
 
== रास्ट्रियकरण ==
१ पुस काण्डपछि सुवर्णशमशेर नेपाली कांग्रेसको कार्यवाहक सभापति भए । उनकै नेतृत्वमा पञ्चायती सत्ता विरुद्ध सशस्त्र संघर्ष शुरू भयो । त्यही क्रममा सुवर्णको ललिता निवासमा सरकार लाग्यो र [[नेपाल राष्ट्र बैंक]] बस्यो । २०३० असारमा [[सिंहदरवार|सिंहदरबार]]मा आगलागी भएपछि राविप जस्ता उच्चस्तरीय निकायको बैठक बस्ने कक्ष नभएकोले नवौं बैठक ललिता निवासमा भयो <ref>http://himalkhabar.com/news/8036</ref>।
 
ललितानिवास क्याम्पभित्रको दुई सय ८४ रोपनी १४ आना तीन पैसा जग्गा २०२१ मंसिर १५ गते अधिग्रहण भएको थियो। सरकारले जफत गरेबाहेकको जग्गा अधिग्रहण गर्दा प्रचलित कानुन अनुसार मुआब्जा दिइएको तथ्य ललिता निवासका तत्कालीन हकदार सुवर्णशमशेरका छोरा [[नेपाली सेना|शाही नेपाली सेना]]मा कार्यरत मेजर कर्णेल कनकशमशेर राणाले सरकारबाटै खरिद गरेको प्रमाणले पुष्टि हुन्छ। ‘अधिग्रहणपछि मेजर कर्णेल कनकशमशेरले आठ रोपनी जग्गामा बसोबास गर्न महाराजाधिराजमा निवेदन दिएकोमा राजाबाट हुकुमप्रमांगी भएको र सोबमोजिम २०२२ साउन १० गते आठ रोपनी जग्गा दिने निर्णय भएको हो,’ तत्कालीन मेजिस्ट्रेट अफिसको अभिलेखमा लेखिएको छ, ‘सोहीबमोजिम कनकशमशेरले २०३५ असोज ११ र पुस ९ गते मालपोत कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्।’
 
उक्त निवेदन अनुसार [[मालपोत कार्यालय]]ले २०३६ कात्तिक २३ गते आठ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको मूल्यअनुसार ४५ हजार आठ सय ८२ रूपैयाँ ६९ पैसामा खरिद गरेका थिए। उक्त जग्गा २०२१ सालमा अधिग्रहण भएमध्येकै रहेको सरकारी अभिलेखमा उल्लेख छ।
 
२०३० असारमा [[सिंहदरवार|सिंहदरबार]]मा आगलागी भएपछि राविप जस्ता उच्चस्तरीय निकायको बैठक बस्ने कक्ष नभएकोले नवौं बैठक ललिता निवासमा भयो <ref>http://himalkhabar.com/news/8036</ref>।
 
==सन्दर्भ सामग्रीहरू==
<br />{{reflist}}
[[श्रेणी:नेपालका ऐतिहासिक दरबारहरू]]
[[श्रेणी:राणाकालीन भवनहरू]]
"https://ne.wikipedia.org/wiki/ललिता_निवास" बाट अनुप्रेषित