"बोगटान राज्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८९:
दक्षिण भारतमा छैठौं शताब्दीको मध्यसम्म [[चालुक्य वंश]]को उदय हुँदा वकाटक राज्यका राजाहरू सबैभन्दा महत्वपूर्ण शक्तिको रुपमा चिनिएका थिए । [[वकाटक]] शासन तेस्रो शताब्दीको अन्तमा सुरुवात भएर पाँचौ शताब्दीको अन्तसम्म चल्दै रह्यो । वकाटक राज्यमा हरितपुत्र प्रवरसेनले महाराजको उपाधि धारण गरेका थिए । यिनको पारिवारिक लेख प्रमाणको आधारमा उनी एउटामात्र सम्राटको उपाधि धारण गर्ने “वकाटक” राजा थिए । यिनको पालामा वकाटक राज्य बुंदेल खण्डदेखि दक्षिणमा [[हैदराबाद]]सम्म फैलिएको थियो । पौराणिक लेखहरूको आधारमा प्रवरसेनका चार पुत्रहरू राजा भएका थिए । चारै जना राजा भएका कारण राज्यको शक्ति विभाजित हुन् गयो । जसका कारण राज्य कम्जोर हुन पुग्यो र कम्जोर भएका राजाहरूले महाराज र सम्राटको उपाधि लेख्न सकेनन् । अभिलेख अनुसार प्रवरसेनको राज्य दुई भागमा विभाजन भयो । प्रवर सेनका दुई छोराहरूमध्ये एक छोरा सर्वसेन थिए भने अर्का रुद्रसेन थिए । रुद्रसेन द्वितीयले [[गुप्त राजवंश|गुप्त सम्राट]] चन्द्रगुप्त द्वितीयकी पुत्री प्रभावती गुप्तसँग विवाह गरेका थिए । चन्द्रगुप्त द्वितीयले वकाटक राजाहरूसँग मित्रतापूर्ण सम्बन्ध स्थापना गरेका थिए । वैवाहिक सम्बन्ध गुप्तराजाहरू र वकाटक राजाहरूकोलागि हितकर मानिएको थियो । वकाटक शासक रुद्रसेन द्वितीयको ३९० ई. मा मृत्यु भयो । तत्पश्चात उनकी पत्नी प्रभावती गुप्तले नावालक छोराको संरक्षक भएर वकाटक राज्यको वागडोर समालीन् । यस पश्चात उनी आफ्ना बाबुको सल्लाह अनुसार चल्न थालिन् । उनका बाबु चन्द्रगुप्त द्वितीयको प्रभाव वकाटक राज्यमा धेरै पर्न गयो, भने अर्कोतर्फ वकाटक राजाहरूको शक्ति कम्जोर हुदै गयो । छैटौ शताब्दीको उत्तराद्र्धमा चालुक्यहरूको [[मध्यप्रदेश]]मा नल, कोकर्णमा [[मौर्य]] र उत्तरी महाराष्ट्रमा कलचुरी वंशसँग सघर्ष गर्नु पर्यो । यसै कारण वकाटक साम्राज्यको अधिकांश भू–भाग नलवंशको नियन्त्रणमा पर्न गयो । यस क्षेत्रको भूभाग नल वंशको नियन्त्रणमा पर्न गए पश्चात भारतको [[मध्यप्रदेश]] र [[महाराष्ट्र]] प्रदेशका अधिकाँस भू–भागमा फैलिएको वकाटक राज्य सातौ शताब्दीतिर समाप्त भयो । वकाटक राज्यको समाप्ति भएपछि वकाटक राजवंश उत्तर पर्वतीय क्षेत्रमा प्रवेश गर्न पुग्यो । कुमाऊँ, जागेश्वरको एक ढुङ्गामा ”माधव सेन” नाम लेखिएको छ । सेन उल्लेख भएका आधारहरु आछाम भेगमा पनि भेटिएका छन् । डोटीको अधिकाँस भू–भागमा फैलिएको वोगटान क्षेत्रमा वकाटकी सेनहरु आई बसेका कारण वकाटकको वकटी र वकटीहरुको वाहुल्यता भएका कारण वकटान भनिन् थालियो । पछिका दिनहरुमा वोकटानको अपभ्रंश भई वोगटान रहन गएको हो ।
===बोगटानका रैथाने===
कत्यूरी राज्यकालमा वोगटान(वकाटक)का सेनका वंशज कत्यूरी राजा ([[कत्युरी नरेश]])का अधिनस्त थिए । कत्यूरी [[पाल]] राजाको डोटी वोगटान प्रवेश हुनु पूर्वनै यी वोगटानमा बसोबासगर्ने भएकोले यिनलाई समैजी कुलदेवता भएका वोगटानका शौनक गोत्रीय सूर्यवंशी भनिने रैथाने वकोटी/[[बोगटी]] बम /[[मल्ल]] र [[सिंह]] भन्ने गरिन्छ ।
 
===बाहिरबाट बोगटानमा घुसपैठ भएका बोगटी/बम्म ===
शाके १२३५ (बि.स १३७०) को दशकमा राजा जगती [[पाल]]([[कत्युरी नरेश]])का राजगुरु [[कार्तिकेय (मोहन्याल)]] देवताका पुजारी [[ज्योतिष गणपति]]लाई गोठमा आउदा "गास-बास" नदिने जंगलमै भैंसी गोठमा बस्ने जंगली कन्दमुल खाने,जंगल-जंगल बिहारगर्ने,हलिया-करियाका रुपममा तत्कालिन अवस्थामा कुनै जाति नभएका [[मष्टो देवता]]संग सम्बन्धित /[[मष्टो देवता]] अन्तर्गतपर्ने स्त्री तत्व देवी [[मालिका]] र [[कालिका]] पुज्नेहरु बाहिरबाट घुसपैठ भएका बोगटी / बम्म हुन् । यस मध्ये तल्लो बोगटान अन्तर्गतको भूमि वर्तमान कैलाली जिल्लामा बसोबासभएका रज्माली भनिने [[बोगटी]] /बम, चौकी वाला (बोगटी) रजवार, पतले भनिने बोगटी /बम उपल्लो बोगटान अन्तर्गत लफडाको बोगटी/बम/रजवार भनिनेहरु पर्दछन । बडातड़ो र दुधे[[मष्टो देवता]]संग सम्बन्धित उनका शाखा सन्तान अन्तरगतका यसै कुलका हुन् भन्ने मान्यता छ |मालिका कुलदेवता भएका बोगटानबाट बैतडी गएका कारण [[बोगटी]] थर बनेका भारद्वाज गोत्रीय बोकटी ब्राह्मण यिनको कुलको ब्राह्मण हो | रैकासंगको युद्दपछि यी पनि [[कत्युरी नरेश]]का दाजु - भाई बन्न पुगे |[[कत्युरी]] वंशीय राजाका वंशजले स्थानीय स्तरमा यी लाई मुख्यली दिएर मुख्खे नियुक्त गरेका थिए । उचेपात्थर भन्ने स्थानबाट रज्मा भन्ने स्थानमा गई बसोबास गरेको कारण रज्माली भनिने बोगटी/बमहरु [[कालिका]] [[मालिका]],लाई कुलदेवता मान्दछन । यिनका घर भित्र [[मालिका]] र [[कालिका]]को भाराण राखिएको पाईन्छ । यी मध्ये केही परिवार [[कार्तिकेय (मोहन्याल)]] देवतामा मिसिए पछिका दिनबाट मोहन्याल बेताललाई पनि कुलदेवता बताउछन ।
"https://ne.wikipedia.org/wiki/बोगटान_राज्य" बाट अनुप्रेषित