"विलासपुर राज्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:बेलासपुर मन्दिर.jpg|250px|thumb|विलापुर स्थित विलासपुर वटुकभैरवको मन्दिर]]
'''बेलास पुर''' अथवा '''विलासपुर''' [[दैलेख जिल्ला]]को एक प्रशिद्ध ठाउँ हो यहाँ एक बेलास पुर मन्दिर रहेको छ। बेलास पुर [[नारायण नगरपालिका|दैलेख सदर मुकाम]] नजीकै पर्दछ। विलासपुर [[बाइसे राज्यहरू|बाइसे राज्य काल]]को समयमा एक बलियो राज्य थियो। प्रख्यात [[खस]] राजा संसारी वर्माका छोरा श्री वम्मले वि.सं. १७७५ मा [[दुल्लु नगरपालिका|दुल्लु]] राज्यबाट टुक्य्राएर '''विलासपुर राज्य''' को स्थापना गरेका थिए। विलासपुर राज्यको सिमाना पूर्वमा [[जाजरकोट जिल्ला|जाजरकोट]] राज्य, पश्चिममा [[छामगाड खोला]] उत्तरमा साततला र [[जुम्ला जिल्ला|जुम्ला]] राज्य तथा दक्षिणमा [[भेरी नदी|भेरी]]नदीसम्म रहेको थियो। संसारी वर्माले वि.सं. १४५३ मा दुल्लु राज्यको स्थापना गर्दा दुल्लु, दैलेख र [[अछाम जिल्ला|अछाम]] एउटै राज्यमा पर्ने भएकोले धेरै जसो विद्वानका मत अनुसार विलापुर राज्यका संस्थाप पनि संसारी वर्मा नै थिए। संसारी वर्मापछी उनका छोरा श्री वम्म र भतिजा पर्वता वम्मले दुल्लु राज्यलाई आपसमा बाँडेर साँधसिमाना सहित छुट्याएकाले विलासपुर राज्यको स्थापना हुन गएको थियो। त्यसैले संसारी वर्माका छोरा श्री बम्मलाई नै विलासपुर राज्यका संस्थापक मानिन्छ। <ref name= "Kirtikhamba"/>
==विलासपुर राज्यको इतिहास==
श्री बम्म पछी जितारी बम्म, शक्ति बम्म, बजुर बम्म, विक्रम बम्म, सुपी बम्म र सुधर शाही क्रमैसँग राजा हुँदै आए। वि.सं. १६२५ मा राजा प्रताप शाहीको पालामा दुल्लु र विलासपुर राज्य केही समयका लागी पुनः एकिकरण भएको थियो। दुइवटा राज्य एकिकृत भएकोमा राज्यको क्षमतामा वृद्धी त भयो तर दुई अलग अलग राज्यमा राखिएका उत्तराधिकारीहरूको अधिकारमा कटौती हुने भएकोले दुवै राज्यलाई अलग अलग रहन दिनकोलागी राजा प्रताप शाहीमाथी दवाब बढ्न थाल्यो। यसरी आफूमाथी दवाब परेकोले बुढा राजा प्रताप शाहीले राजपाठ छोडी सन्यास लिएर खलेटाकुरा भन्ने स्थानमा गएर बस्न थाले। प्रताप शाही खले टाकुरा हिंडेपछि दुल्लु राज्य राजा विहिन भएकाले दुल्लुका जनताले प्रताप शाहीका माइला भाई छडुङ्का राजा जसराजलाई ल्याएर केही समयको लागी दुल्लुको राजगद्दीमा बसालेका थिए। त्यसपछि दुल्लु राज्यमा प्रताप शाहीका जेठा छोरा मान शाही बसे भने विलासपुर राज्यमा संग्राम शाही बसे। यसरी फेरी दुल्लु र विलासपुर राज्य छुट्टिन पुगे। त्यसपछि कर्ण शाही, तीलमान शाही, सुर्तान शाही, माद् शाही, भान शाही, रुद्र शाही, प्रताप शाही, हरिनारायण शाही, सङ्ग्राम शाही द्वितिय र वि.सं. १८४६ [[कात्तिक]]सम्म कर्ण शाही द्वितिय क्रमैसँग विलासपुर राज्यका राजा बने। विलासपुर राज्यका अन्तिम शासक कर्ण शाही घमण्डी पाराका भएकाले तिनको राज्यकालमा छिमेकी राज्य दुल्लु, जाजरकोट र सल्यानसँग राम्रो सम्बन्ध रहेको थिएन। त्यसका साथै उनले जुम्ला राज्य र [[डोटी राज्य]]सँग मिलेर [[नेपाली सेना]]को पश्चिम विजय अभियानमा गोर्खाली सेनालाई आफ्नो राज्यबाट जुम्ला जाने बाटो नदिएका हुनाले पनि गोर्खाली सेना उनबाट क्रुद्ध थियो। <ref name= "Kirtikhamba"/>