"गणेश" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
 
== भगवान श्री गणेशको जन्म ==
भगवान श्री गणेशका बाबु [[शिव|शंकर]] र आमा [[पार्वती]]लाई भनिएको छ। पौराणिक कालमा पार्वतीले [[शिव]]जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्। तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्न सकेन अन्तमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो [[त्रिशुलत्रिशूल]]ले बालको टाउको काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने "आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आएँ ।" यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान [[विष्णु|बिष्णु]]लाई भने "मैले बालकको टाउँको फुटाली दिएँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ" यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि [[गँगटा]]को रूपमा अर्को प्राणी बनाए।<ref name = "स्कन्ध पुराण/> त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।
 
==प्रथम पूजा==
एक पटक देवताहरूमा कसको पूजा पहिले गरिनु पर्छ भन्ने विषयमा छलफल चल्यो । देवताहरूका परम पिताम्मह [[ब्रह्मा|ब्रह्माजी]]ले जो पुरा [[ब्रह्माण्ड]]को परिक्रमा गरेर पहिले स्वर्गमा पुग्छ त्यसको पूजा पहिले हुनेछ भन्ने निर्णय सुनाए । ब्रह्माजीको निर्णय सुनेर [[इन्द्र]], [[वरुण]], [[कुवेर]] आदी देवताहरू आफ्नो आफ्नो बाहनहरूमा बसेर ब्रह्माण्ड परिक्रमाको लागि निस्किए । भारी जिउ र त्यसमाथी मुसा बाहन भएका गणेश नत दौडेर देवताहरूलाई जित्न सक्थे नत मुसाले नै बोकेर गणेशलाई परिक्रमाको वाजी जिताउन सक्थ्यो । गणेश निकै चलाख र ज्ञानी देवता मानिन्छन् । त्यो वाजी जित्ने गणेशले एक दृढ विचार बनाए । उनी ब्रह्माण्ड परिक्रमामा नगएर [[कैलाश पर्वत]] आफ्नी माता पार्वती भएको ठाउँमा गए । माता पार्वतीलाई बाबु शिव भएको ठाउँमा गएर बस्न आग्रह गर्न थाले । गणेशको कुरा सुनेर पार्वतीजी शिवको छेउमा गएर बसिन् । यसरी आमा बाबु दुवैलाई एकै ठाउँमा राखेर सात पटक परिक्रमा गरेर ब्रह्माजी भएको ठाउँमा गए । ब्रह्माजीले गणेशले के गर्छन् भन्ने कुरा सबै हेरेका थिए । आमा बाबु भन्दा ठुलो यो ब्रमाण्ड छैन । ब्रह्माणड भन्दा पनि ठुला आमा बाबु हुन् भन्ने कुरा सिद्ध गरेर देखाएकाले ब्रह्माजी गणेशबाट निकै खुसी भएर उनलाई देवताहरूमा सबै भन्दा पहिले पूजिने देवता भनेर छनौट गरे ।
"https://ne.wikipedia.org/wiki/गणेश" बाट अनुप्रेषित