"राम नवमी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
'''राम नवमी''' [[हिन्दू धर्म|हिन्दू धर्मावलम्बी]]हरूको एक पर्व हो । यो पर्व [[चैत|चैत्र महिनाको]] शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ ।<ref name=lochetefeld562>{{cite book|author=James G. Lochtefeld|title=The Illustrated Encyclopedia of Hinduism: N-Z|url=https://books.google.com/books?id=g6FsB3psOTIC|year=2002|publisher=The Rosen Publishing Group|isbn=978-0-8239-3180-4|page=562}}</ref> प्रख्यात हिन्दू धर्म ग्रन्थ [[रामायण|रामायणका अनुसार]] यो दिनलाई [[श्रीराम अवतार|भगवान् श्री राम चन्द्र]]को जन्म दिनको रुपमा लिइन्छ । यो पर्व [[चैते दशैं|चैत्र नवरात्र]]को विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति [[दुर्गा|नव दुर्गा]] देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।
 
== यो पनि हेर्नुहोस् त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभयो । ==
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/राम_नवमी" बाट अनुप्रेषित