"साम्राज्य लक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
वि सं १८९४ साउन ११ गते महारानी साम्राज्यलक्ष्मीदेवीको कान्छा छोराको बिरामी भैई निधन भयो । त्यो कुरालाई षड्यन्त्र मा मुछी पाँडेखलकले भीमसेन थापाको निर्देशनमा एकदेव वैद्यले श्री ५ बडामहारानीका निम्ति तयार पारेको जहर मिलाएको जडिबुटी भूलले कान्छा राजकुमारलाई पर्दा मृत्यु भएको प्रचार गरियो । त्यही अपराधमा त्यस औषधिकाण्डसँग सम्बन्धित भीमसेन थापाका समर्थकहरूलाई नेल हालियो ।
 
भीमसेन थापाको पतन पछि रणजङ पाण्डे सैनिक प्रमुखको पदमा बसे । नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो । त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरि फर्के । रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए ।
 
मुख्तियार रणजङ पाण्डेलाई बर्खास्त गरेपछी महरानी राजासँग रुष्ट भइन् । उनी छिटोभन्दा छिटो श्री ५ राजेन्द्रलाई गद्दीच्युत गरि आफ्ना छोरा सुरेन्द्र लाई श्री ५ महाराज बनाउन चाहन्थिन् ।
 
{{s-start}}
{{s-bef|before= [[गोरक्ष राज्य लक्ष्मी देवी]]}}