"हलेसी महादेव" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ४१:
==उत्पत्ति प्रसंग==
हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तिहरू रहेका छन् । इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ ।
#स्थानियवासीका भनाइअनुसार पहिले [[सत्य युग|सत्य]] युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ [[बाघ]], [[भालु]] घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाईने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानियवासी [[किराँत जाति|किराँत]] जातका मान्छेहरूले नै सिकार गर्ने र जिव जन्तुहरू मार्ने गर्दथे । त्यो बेलामा हलेसी गुफा लहराले जेलिएर रहेको अवस्थामा भएकाले यस गुफेका बारेमा कसैलाई थाह थिएन । एक दिन एकजना किराँती सिकारीको बाण प्रहारबाट घाइते भएको [[मृग]] लडेर हलेसी महादेव गुफाभित्र खसेछ । त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तिको जस्तो ज्योती देखेर सिकारीको आँखा तिरमिराएर सिकारी बेहोस भएछ । उक्त बेहोस भएको सिकारीलाई भगवान शङ्करले दर्शन दिए पछि यस गुफाभित्र अन्य देवि देवताको पनि उत्तपत्ती भएछ । यो देखेर त्यो सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ रहेको छ । <ref>{{cite web|URL=http://kathmandutoday.com/2016/04/184850.html||title= भक्तजनको सुन्दर गन्तव्य खोटाङको हलेसी महादेव|publisher= काठमाण्डु टुडे|date= २०७३ वैशाख ३ गते}}</ref>
#पुरानो धार्मिक मान्यता अनुसार यी दूवै गुफाहरू महादेवले [[भस्मासुर]] राक्षस बाट बच्नको लागि खनेका हुन् भन्ने किमवदन्ति छ। भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले 'जसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोस' भन्ने वरदान मागेछन् । माहादेवले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सद्दे छ कि यो हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् । महादेव डरले त्राही त्राही माम भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । [[शिव|महादेव]] हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर सम्म अलमल्याई दिएपछि । त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको प्रशंग आउँदछ । हलेसी महादेव पतालको गुफामा लुकेपछि [[विष्णु]]ले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएछन्। भष्म भएर रहेको हाडखोर भनी आज पनि च्यास्मि भन्ने गाउँमा भएको कालाकाला चट्टानलाई यहाँका आदिवासीहरू देखाउने गर्दछन् । <ref neme= "नागरिक"/>
|