"हलेसी महादेव" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३:
 
#स्थानियवासीका भनाइअनुसार पहिले [[सत्य युग|सत्य]] युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ [[बाघ]], [[भालु]] घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाईने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानियवासी [[किराँत जाति|किराँत]] जातका मान्छेहरूले नै सिकार गर्ने र जिव जन्तुहरू मार्ने गर्दथे । त्यो बेलामा हलेसी गुफा लहराले जेलिएर रहेको अवस्थामा भएकाले यस गुफेका बारेमा कसैलाई थाह थिएन । एक दिन एकजना किराँती सिकारीको बाण प्रहारबाट घाइते भएको [[मृग]] लडेर हलेसी महादेव गुफाभित्र खसेछ । त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तिको जस्तो ज्योती देखेर सिकारीको आँखा तिरमिराएर सिकारी बेहोस भएछ । उक्त बेहोस भएको सिकारीलाई भगवान शङ्करले दर्शन दिए पछि यस गुफाभित्र अन्य देवि देवताको पनि उत्तपत्ती भएछ । यो देखेर त्यो सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ रहेको छ । <ref>{{cite web|URL=http://kathmandutoday.com/2016/04/184850.html||title= भक्तजनको सुन्दर गन्तव्य खोटाङको हलेसी महादेव|publisher= काठमाण्डु टुडे|date= २०७३ वैशाख ३ गते}}</ref>
#पुरानो धार्मिक मान्यता अनुसार यी दूवै गुफाहरू महादेवले [[भस्मासुर]] राक्षस बाट बच्नको लागि खनेका हुन् भन्ने किमवदन्ति छ। भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले 'जसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोस' भन्ने वरदान मागेछन् । माहादेवले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सद्दे छ कि यो हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् । महादेव डरले त्राही त्राही माम भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । [[शिव|महादेव]] हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर सम्म अलमल्याई दिएपछि । त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको प्रशंग आउँदछ । हलेसी महादेव पतालको गुफामा लुकेपछि [[विष्णु]]ले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएछन्। भष्म भएर रहेको हाडखोर भनी आज पनि च्यास्मि भन्ने गाउँमा भएको कालाकाला चट्टानलाई यहाँका आदिवासीहरू देखाउने गर्दछन् । <ref neme= "नागरिक"/>
#हिन्दूधर्म को श्री [[स्वस्थानी]] व्रत कथा अनुसार [[सतिदेवी]]ले आफ्ना बाबु [[दक्ष प्रजापति]]ले एउटा ठुलो महायज्ञ गरे जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म बोलाएनन र आफ्नो पिताले त्यस यज्ञमा नबोलाईकन पनि गईन।पिताको अपमान सहन नसकी सती देवीले तत्काल यज्ञस्थलमा नैं योज्ञाग्निमा स्वयंलाई लाई भस्म गरिदिइन्। यज्ञमा हामफालेर देह त्यागगरेको शरिरलाई महादेवले लिएर संसार डुलाउने क्रम मा यहाँ सतीदेवी अंगको दाहिने कुहुनो पतन भयो राज गृह पिठ राज ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेश्वर महादेव उत्पति भई शिव शक्ति सरुप ले रहेको पनि कथा मा पाइन्छ गुफासंग उपलव्ध कथा यस्तै छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ ।<ref name= "नागरिक"/>
 
"https://ne.wikipedia.org/wiki/हलेसी_महादेव" बाट अनुप्रेषित