"मेसोजोइक महाकल्प" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
मेसोजोइक इरा (महाकल्प) को अवधि करिब २५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पहिलासम्मको अवधिलाई मानिन्छ । यस अवधिमा पाइएका चट्टानहरूको अध्ययनबाट विभिन्न किसिमका पहाड तथा पर्वतहरू निर्माण भएको अनुमान गरिन्छ । साथै यस अवधिमा स्थल, जल र वायुमा बाँच्न सक्ने जीवहरूको स्थिति सिर्जना भएको अनुमान गरिन्छ । यस अवधिमा धेरै सङ्ख्यामा [[सरीसृप]]हरूको विकास भएकाले यस इरालाई सरीसृपको समय भनिन्छ । यस समयमा विशाल जीव ([[डाइनोसर]]हरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप पनि भएको पाइन्छ । यस इरालाई घस्रने जीवहरूको (सरीसृप) इरा भनेर पनि चिनिन्छ ।
==भौगर्भिक समय==
* ट्रायासिक :डाइनोसर, चरा चुरुङ्गी, कछुवा, घस्रने जन्तुको उत्पत्ति, कोणधारी बिरुवाको उत्पत्ति
* ट्रायासिक
* जुरासिक: घस्रने जन्तुहरूको प्रभुत्व, डाइनोसर र अन्य जन्तुहरूको उत्पत्ति र विकास
* जुरासिक
* कृटासीयस : फुल फुल्ने बिरुवाहरू र विभिन्न किराहरूको उत्पत्ति एवम् डाइनोसर र ठुला घस्रने जन्तुहरूको विनाश
* कृटासीयस
==जीवहरूको प्रादुर्भाव==
डाइनोसर, चरा चुरुङ्गी, कछुवा, घस्रने जन्तुको उत्पत्ति, कोणधारी बिरुवाको उत्पत्ति
==सन्दर्भ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/713203" बाट अनुप्रेषित