"पारलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
 
==पारलिङ्गी पुरुष==
जो व्यक्ति शारीरिक रूपले स्त्रीलिङ्गी हुन् र मानसिक, व्यवहारिक र स्वभाविक रूपले पुरुष हुन्छन्, आफूलाई पुरुष भनेर पहिचान गराउँछन्, ती हुन् '''पारलिङ्गी पुरुष'''(Transgender man)। शारिरिक रूपले स्त्रीलिङ्गी भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा सोही अनुरूप हुन्छ। मात्र पुरुषको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी गैर-शल्यक्रियी पारलिङ्गी पुरुष (Non-operative transman) भन्दछौँ। अब धेरै पारलिङ्गी पुरुषहरूले हर्मोन पिल्स सेवन गर्छन्। यसबाट व्यक्तिले पुलिङ्गी हर्मोन टेस्टेस्टेरोन पिल्स खाने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा पुलिङ्गी शारीरिक बनोट आउँछ। जस्तै स्तन घट्ने, छाला खस्रो साह्रो हुने, रौं पलाउँदै जाने, इत्यादि। यी परिवर्तनहरू व्यक्तिगत रूपमा भिन्न हुने गर्दछन्। अनि हेर्दा खेरी त्याचलिङ्गी पुरुष जस्तै देख्न थाल्छन्। यसलाई हामी स्त्रीदेपु हर्मोन प्रतिस्थापन प्रकृया (Female-to-male hormone replacement therapy) भन्छौँ। जब उनीहरू त्याचलिङ्गी पुरुष जस्तै देखिन थाल्छन्, तर यौनाङ्ग भने शल्यक्रिया गरिएको हुँदैन, यो अवस्थालाई हामी पूर्व-शल्यक्रियी पारलिङ्गी पुरुष (Pre-operative transman) भन्छौँ। र यदि उनीहरू यौनाङ्ग परिवर्तन शल्यक्रिया गर्छन् भने शल्यक्रियी पारलिङ्गी पुरुष (Post-operative transman) भन्छौँ।
'''पारलिङ्गी पुरुष''' (अङ्ग्रेजी : Transgender man) शारीरिक रूपले स्त्रीलिङ्गी भएर भावनात्मक, मानसिक र चारित्रिक रूपले पुरुषको स्वभाव, हाउभाउ, अनुभव वा अभिव्यक्ति राखी आफूलाई पुरुष भनेर पहिचान गराउने गर्दछन्।
 
==हेर्नुहोस्==