"पारलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
==पारलिङ्गी महिला==
जो व्यक्ति शारीरिक रूपले पुलिङ्गी हुन् र मानसिक, व्यवहारिक र स्वभाविक रूपले महिला हुन्छन्, आफूलाई महिला भनेर पहिचान गराउँछन्, ती हुन् '''पारलिङ्गी महिला'''(Transgender woman)। शारिरिक रूपले पुलिङ्गी भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा सोही अनुरूप हुन्छ। मात्र महिलाको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी गैर-शल्यक्रियी पारलिङ्गी महिला (Non-operative transwoman) भन्दछौँ। अब धेरै पारलिङ्गी महिलाहरूले हर्मोन पिल्स सेवन गर्छन्। यसबाट व्यक्तिले स्त्रीलिङ्गी हर्मोन इस्ट्रोजन र प्रोजेस्टेरोन पिल्स खाने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा स्त्रीलिङ्गी शारीरिक बनोट आउँछ। जस्तै स्तन बढ्ने, छाला नरम हुने, रौं हराउँदै जाने, इत्यादि। यी परिवर्तनहरू व्यक्तिगत रूपमा भिन्न हुने गर्दछन्। अनि हेर्दा खेरी त्याचलिङ्गी महिला जस्तै देख्न थाल्छन्। यसलाई हामी पुदेस्त्री हर्मोन प्रतिस्थापन प्रकृया (Male-to-female hormone replacement therapy) भन्छौँ। जब उनीहरू त्याचलिङ्गी महिला जस्तै देखिन थाल्छन्, तर यौनाङ्ग भने शल्यक्रिया गरिएको हुँदैन, यो अवस्थालाई हामी पूर्व-शल्यक्रियी पारलिङ्गी महिला (Pre-operative transwoman) भन्छौँ। र यदि उनीहरू यौनाङ्ग परिवर्तन शल्यक्रिया गर्छन् भने शल्यक्रियी पारलिङ्गी महिला (Post-operative transwoman) भन्छौँ।
'''पारलिङ्गी महिला''' (अङ्ग्रेजी : Transgender woman) शारीरिक रूपले पुलिङ्गी भएर भावनात्मक, मानसिक र चारित्रिक रूपले महिलाको स्वभाव, हाउभाउ, अनुभव वा अभिव्यक्ति राखी आफूलाई महिला भनेर पहिचान गराउने गर्दछन्।
 
==पारलिङ्गी पुरुष==