"मातृकाप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३१:
 
==राजनीतिक जीवन==
मातृकाप्रसाद कोइरालाको राजनीतिक जीवन भारतको स्वतन्त्रता संग्रामबाट सुरू भएको हो। भारतीय नेताहरू डा. राजेन्द्रप्रसाद, डा. मनोहर लोहिया र लालबहादुर शास्त्रीसँग सँगै सहभागी रहनु भएका कोइरालालाई गिरफ्तार गरी वि.सं. १९८७ सालमा भारतको बिहारस्थितिबिहार स्थित मोतीहारी जेलमा राखिएको थियो। गान्धीवादी दर्शनबाट प्रभावित कोइरालाले उच्च शिक्षामा भारतबाट स्नातकसम्म अध्ययन गर्नुभएको थियो भने भारतबाटै विद्यालंकार समेत ग्रहण गर्नुभएको थियो। त्यसपछि सन् १९३० तिर मातृकाप्रसाद कोइराला नेपाल आउनुभयो। सुरूमा उहाँले सरकारी जागीर खानुभयो। २००४ सालमा भएको विराटनगर जूट मिलको श्रमिक आन्दोलनमा नेतृत्व तहको भूमिका निर्वाह गर्नुभयो। यो नै उहाँले नेपालमा गर्नुभएको राजनीतिमा सक्रिय भूमिकाको पहिलो कदम थियो। २००३ सालमा उहाँ [[नेपाली राष्ट्रिय कांग्रेस]]को संस्थापक अध्यक्ष बन्नुभयो। २००६ सालमा [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को संस्थापक सदस्य र पहिलो निर्वाचित सभापति हुनुभयो।
 
उहाँ २००७ सालको क्रान्तिपछि गठित पहिलो नागरिक सरकारको प्रधानमन्त्री (२००८ सालमा) हुनुभयो। २००८ सालमा [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशमशेर]]को राजीनामासँगै भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु]]को सल्लाहमा राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सरगमबाट भर्खरै बाहिर आएको ठूलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपाली कांग्रेसमा घरझगडा सुरु भयो । [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]भित्र प्रधानमन्त्री ठूलो कि पार्टी सभापति ठूलो भन्ने बहसले निकै व्यापकता पायो । कांग्रेसको कलह घरझगडा अन्तत: पार्टी फुटमा नै पुग्यो। <ref>[[मातृकालाई नेहरुको पत्रhttp://bit.ly/2FD5ZJg|मातृकालाई नेहरुको पत्र]]
पङ्क्ति ३७:
[[मातृकालाई नेहरुको पत्रhttp://bit.ly/2FD5ZJg|http://bit.ly/2FD5ZJg]]</ref>
 
२०१७ सालको राजनीतिक घटनाक्रममा उहाँले एक महिनासम्म जेल जीवन बिताउनुपर्‍यो।
 
== कुटनीति ==