"पोष्टबहादुर बोगटी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं) |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति २३:
}}
'''पोष्टबहादुर बोगटी''' (विक्रम सम्वत २०१०-२०७१) नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री थिए। उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट -
विचारमा दृढ र व्यवहारमा सहज पोष्टबहादुर बोगटी गैर माओवादीहरुका बीचमा पनि मिलनसार नेताका रूपमा परिचित थिए । समाजिक सेवाबाट राजनीतिमा प्रवेश गरेका बोगटी राजनीतिबाट लिने होइन, देश र जनताको सेवा गर्ने हो भन्नेमान्यता स्थापित गर्न सफल भए । बोगटीको जन्म नुवाकोटको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते भएको थियो । सामान्य किसान परिवारमा जन्मिएका बोगटी आफ्नो गाउंमा सहकारीमार्फत समाजसेवामा सक्रिय थिए । सहकारीमा सक्रिय हुंदै गर्दा बोगटी समाजबादतर्फ आर्कर्षित भए । २०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बोगटी माओवादीले सशस्त्र संर्घष थाल्नुभन्दा पूर्व नै भुमिगत राजनीतिमा थिए । बोगटी एकीकृत नेकपा माओवादीका संस्थापक मध्ये एक हुन् । माओवादीले सशस्त्र संर्घष थाल्नुपूर्व भएको गोरखाको सिरानचोकमा गरिएको फौजी तालिममा सहभागी केही नेता मध्ये उनी एक थिए । माओवादीको संशस्त्र संर्घषताका बोगटीले माओवादीको पश्चिम क्षेत्रको कमाण्ड सम्हाले । बोगटीले नेतृत्व गरेको पश्चिम कमाण्डमा माओवादी संर्घष चांडै विस्तार भएको थियो । सरल र सालीन स्वभावका बोगटी सबैसंग मिल्न सक्ने नेता थिए । विचारमा दृढ र व्यवहारमा सहज बोगटीलाई गैरमाओवादीहरु पनि मिलनसार नेताका रूपमा बुझ्ने गर्दछन् । बोगटी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अत्यन्त निकट बोगटीले माओवादी अन्तरसंर्घषमा बोगटीले सधैं अध्यक्ष प्रचण्डलाई साथ दिए । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट निर्वाचित बोगटी दोश्रो निर्वाचनमा भने पराजित भए । पहिलो संविधानसभामा माओवादीको प्रमुख सचेतक रहेका बोगटीले सूचना तथा संचार, पर्यटन नागरिक तथा उड्ड्यन तथा ऊर्जामन्त्रीसमेतको जिम्मेवारी सम्हाले । पर्यटन मन्त्री छंदा बोगटीले नेपाल वायुसेवा निगममको स्तरोन्नतीकरणका लागि महत्वपूर्ण निर्णय गरेका थिए । त्यस्तै उर्जामन्त्री हुंदा ऊर्जामा चिनिया लगानी भित्र्याउन उनको विशेष पहल रह्यो । जलविद्युत क्षेत्रको विकासका लागि नीतिगत सुधारमा बोगटीले निर्वाह गरेको भूमिका ऊर्जा क्षेत्रमा सम्झिने गरिन्छ । एकीकृत माओवादीको हेटौंडामा भएको सातौ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । बोगटीका एकमात्र छोरा रबिको माओवादी सशस्त्र संर्घषताका सुरक्षाकर्मीको आक्रमणमा निधन भएको थियो । बोगटीका श्रीमती उषा माओवादीको जिल्लातहको राजनीतिमा सक्रिय छन् । बोगटीका दुई छोरीमध्ये प्रतिभा दाङमा छिन् भने प्रभा काठमाडौंमा संचारकर्मी छन् । बोगटीको ६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान उपचारका क्रममा निधन भएको हो । २६ गते बिहीबार एक्कासी हृदयाघात र मष्तिष्कघात भएका बोगटीको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा २०७१ भदौ ३० गते बिहान साढे सात बजे निधन भएको हो ।
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
|