"पृथ्वीको वायुमण्डल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (Bishaldev100 द्वारा वायुमण्डल पृष्ठलाई पृथ्वीको वायुमण्डल मा सारियो)
===तापीय मण्डल===
मध्य मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई तापीय मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ८० देखि ७२० किमी माथिसम्म फैलिएर रहेको छ । यस तहमा हावाको तह पातलो र हावा कम हुन्छ । यस तहमा सौर्य विकिरणको प्रभाव बढी पर्ने हुनाले उचाइ बढेअनुसार तापक्रम पनि बढ्दै जान्छ । यस तहको तल्लो भागमा नाइट्रोजन, अक्सिजन आदिका अणुहरू विच्छेदन भई परमाणु बन्छन् भने यसको माथिल्लो तहमा खासगरी हिलियम र हाइड्रोजन हुन्छन् । यस तहमा ग्यासका अणुहरू आयोनहरूमा परिणत हुने भएकाले यसलाई आयोनोस्फेयर भनिन्छ । यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई थर्माेपज भनिन्छ ।
[[चित्र:Top_of_Atmosphere.jpg|thumb|Toward the top of Earth's atmosphere]]
 
===बाहिरी मण्डल===
तापीय मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई बाहिरी मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ७२० किमी भन्दा माथि फैलिएर रहेको छ । यस तहलाई सिमा प्रदेश पनि भनिन्छ । यो वायु मण्डलको सबैभन्दा माथिल्लो तह हो । यस तहमा हावा नगण्य मात्रामा भए पनि हावाका अणु र परमाणुहरू ज्यादै तीव्र गतिमा बहन्छन् । यी अणु र परमाणुहरूको गति अत्यधिक बढी हुने भएकाले तिनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षण शक्तिले समेत प्रभाव पार्न सक्दैन । गुरुत्वाकर्षणबाट स्वतन्त्र भएका अणु र परमाणुहरू अन्तरिक्षतर्फ फुत्किन्छन् ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/712467" बाट अनुप्रेषित