"बलि राजा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''महाबलि''' वा  '''बलि राजा''', प्राचीन हिन्दु मिथक पौराणिक कथा अनुसार एक दानवीर असुर राजा थिए ।  राजा बलि हिरण्यकशिपुका पनाति , [[प्रह्लाद]]का नाति र [[विरोचन]]का पुत्र थिए  ।हिरण्यकशिपुलाई मारे पछि भक्त प्रह्लादलाई [[विष्णु|भगवान बिष्णु]]ले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो ।
 
[[अश्वमेघ यज्ञ]]  समापन गरिरकेको बेलामा, [[वामन अवतार|वामन]] रूप मा ब्राह्मण वेशधारी [[विष्णु]] उपस्थित भए । [[वामन अवतार|वामन]]लाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यै वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब [[शुक्राचार्य|गुरु शुक्राचार्य]]जीले यी [[वामन अवतार|वामन]] सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् , तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन । पानी नखसेपछि बलीले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो । संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए। [[वामन अवतार|वामन]]ले तीन पाउँ जमिन / भुमि दान मागे र संकल्प पूरा हुने बित्तिकै विशाल रूप धारण गरेर  प्रथम दुई पाउँले पृथ्वी र स्वर्ग ओगटे। बाँकी दानको लागि बलिले आफ्नो शिरको नाप दिए ।  <ref>श्रीमद भागवत अध्याय ८ पाठ २१</ref> भगवानले बलिलाई पाताल लोकमा केहि समय बस्न लगाए  । बलिको भक्ति र उदारता देखेर [[वामन अवतार|वामन]] ले उनलाई मनु को समयमा [[इन्द्र]] हुने बरदान दिए ।
 
बलि उदार, परोपकारी, दयालु र दानवीर राजा थिए । उनको शासनको समयलाई एक समृद्ध र खुसियालीको युग मानिन्थ्यो । वास्तवमा उनको यहि सफलताले देवताहरु उनी देखि चिन्तित हुन् थाले र [[वामन अवतार]]को सहयोगबाट उनको पतन गराए ।  आफ्नो मृत्युको विषय बाटविषयबाट चिन्तित रहेका आफ्ना प्रजाहरुको मन् शान्त पार्न, उनलाई प्रत्येक वर्ष दिपावली पर्व मा एक पटक पृथ्वीमा फर्कने अनुमति दिइएको थियो ।
 
== यो पनि हेर्नु होस् ==
"https://ne.wikipedia.org/wiki/बलि_राजा" बाट अनुप्रेषित