"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७१:
 
== बाल्यकाल ==
एडोल्फ हिटलरका बाबु एलोइस सन् १८३७ मा जन्मेका थिए । उनि मारिया अन्ना र मारियाको साथिका अवैध सन्तान थिए । एडोल्फ हिटलरका हजुरबा [[यहुदी]] थिए । फ्रान्क्रेनबर्गर नामका धनी यहुदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन् । हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमा मारियाले अर्को मान्छेसँग विवाह गरिन् । मारियाले बिहे गरेका व्याक्तिको नाम जोहन गर्ग हिटलर थियो । विवाह गरेको पाँच वर्ष पछि मारियाको मृत्य भयो । त्यही बेलादेखि नै एडल्फ हिटलरका बाबु एलोइस एक सानो कृषि फार्ममा आफ्नो काकासँग बस्न थालेका थिए । कृषि फार्ममा बस्दा वाक्क भएर १३ वर्षिय एलोइस केही अरु गर्नु पर्छ भनेर [[भियना]] गए । भियना गएर उनले त्यहाँ एक जुत्ता बनाउने पसलमा धेरै कम पैंसामा काम गर्न थाले । पछि गएर एलोइस अष्ट्रियन नागरिक सेवेमासेवामा भर्ना भए । त्यसैमा एलोइस सहायक भन्सार कर्मचारी भए । उनलेभन्सार कर्मचारी भएपछि एलोइसले अत्यन्तैनिकै मेहनतमेहनेत गरे, राम्रो काम गरेर देखाइदेखाएकाले दिएएलोइस । जसको फलस्वरुप उनी “सुपरिवेक्षक”सुपरिवेक्षक सम्म बनेबन्न पुगेसन्सन १८७५ सम्ममा, एलोइस आफ्नो कडाकठोर मेहनतले उनीगर्दा ‘वरिष्ठवरिष्ठ सहायक निरीक्षक’निरीक्षक भएसम्म बन्न पुगे । एउटा गरीब किसान केटोबाट त्यस पदसम्म उनले जीवनमा ठूलो फड्को मारे । त्यो बेला एउटा घटना घट्यो जुन भविष्यको निम्ति ठूलो संकेत हुनपुग्यो । एलोइस आफ्नो नामको पछाडि आमाको नामसँग जोडिएको स्चीकग्रुबर राख्ने गर्थे । तर नागरिक सेवामा उनले प्राप्त गरेको सफलतापछि उनका काकाले आफ्नो थर हिडलर नै लेख्न एलोइसलाई राजी बनाए । एलोइसले पनि आफ्नो पारिवारिक नामलाई नै निरन्तरता दिए । जब अभिलेख किताबमा नाम दर्ता गराइयो तब उनको नाम एलोइस हिटलर हुन पुग्यो, भुलबस । यसरी सन् १८७६ मा ३९ वर्षको उमेरमा एलोइस स्चीकग्रुबर एलोइस हिटलर बन्न पुगे । सन् १८८९ अप्रिल २० का दिन एडोल्फ हिटलर जन्मेका थिए । जर्मनीको सीमा छेउ अस्ट्रियाको सानो गाउँ ब्राउनाउमा उनको जन्म भएको थियो । हिटलरको परिवार सहज जीवनको खोजीमा फेरि अर्को ठाउँमा सर्यो । त्यसपछि लगत्तै हिटलर ६ महिनासम्म बेनेडिक्टको धार्मिक आश्रममा बसे । जहाँ धार्मिक व्यक्तिहरू मात्र बस्थे । त्यस आश्रममा बस्ने सन्तहरूले लगाउने कोटको बाहुलामा एउटा चिन्ह अंकित हुन्थ्यो । त्यस चिन्हलाई स्वस्तिक भनिन्थ्यो । सानोमा एडोल्फको सपना धार्मिक पण्डित हुने थियो । बाल्यकालभरि एडोल्फ हिटलरलाई उनका बाबुले पिटे । यो विषयमा एक व्यक्तिले भनेका थिए, ‘अनुशासनको लागि यसो गरिएको थियो तर यो राम्रो तरिका थिएन ।’ एलोइस आफू जस्तै अरु पनि आज्ञाकारी हुन् भन्ने आशा गर्थे । उनी आफ्नो छोरा–छोरीलाई अह्राउने गर्थे र सो अनुसारको कामको पनि आशा गर्दथे । प्राइमरी स्कुलमा हिटलरले अति राम्रो गरे र अति नै राम्रो शैक्षिक भविष्य देखाए । उनको अगाडि उज्ज्वल भविष्य देखिन्थ्यो । उनी आफ्नो अन्य सहपाठी माझ लोकप्रिय थिए र आफूभन्दा ठूलाबाट प्रशंसित हुन्थे । सबैभन्दा ठूलो कुरा त आफ्नो “नेतृत्व क्षमता” को विलक्षण प्रतिभा उनमा देखियो । उनी अति धार्मिक प्रवृत्तिका बच्चा थिए । उनले आफू सन्त बन्ने कुरा पनि सोचे । त्यही बेला हिटलर परिवार अस्ट्रियाको एक शहर “लामवेक” मा सरे । त्यो ठाउँ लिन्ज र सजबर्गको बीचमा पर्थ्यो । हिटलरलाई यसरी सर्नुको अर्थ थियो, खेतको कामबाट मुक्ति पाउनु र खेल्न धेरै समय पाउनु । त्यहाँ पनि हिटलर स्कुल जान थाले र स्कुलमा उनले राम्रो गरे । उनी एक धार्मिक स्कुलमा भर्ना भएका थिए । उनले त्यहाँ गीत गाउने केटाहरुको कोरसमा भाग लिए । उनी गीत राम्रो गाउँथे, भनिन्छ उनको राम्रो स्वर थियो । वर्षौंपछि हिटलरले भनेका थिए, ‘कुनै चाड, उत्सव र क्याथोलिक समारोहहरूमा उनी अति नै उत्साही र खुशी हुन्थे र पछि उनमा त्यसको गम्भीर असर पर्यो ।’ हिटलरको परिवारले अचानक एक वियोगको सामना गर्नुपर्यो । उनका भाइ एडमण्डको ६ वर्षको उमेरमा [[दादुरा]]को कारण मृत्यु भयो । बच्चा एडोल्फ जो युद्धसम्बन्धी खेल खेल्न रुचाउँथे र काल्पनिक मृत्युको खेल खेल्थे । तर यसरी पहिलोपल्ट वास्तविक मृत्यु देखे । यसले एडोल्फमा गम्भीर असर पर्यो । उनको मृतक भाइलाई घर नजिकै चिहान बनाएर राखियो । एडोल्फ सुत्ने कोठाको झ्यालबाट यो चिहान देखिन्थ्यो । वर्षौं पछाडि पनि कहिलेकाहीं एडोल्फ हिटलर राति चिहानमाथि बसेर आकाशमाथि हेरेर घण्टौंसम्म टोलाइरहेका हुन्थे । कहिले भने झ्यालमा बसेर चिहानतिर हेरेर टोलाइरहेका हुन्थे । एलोइस जो हिटलर जन्मदा ५२ वर्षका थिए । उनी आफ्नो छोराले राम्रो काम गरुन् भन्ने कुरामा अति उत्सुक थिए । एलोइस अति कडा बाबु थिए । उनी आफ्नो छोरोले भनेको नमानेमा निर्दयतापूर्वक पिट्थे । एलोइस जुनियर जब १३ वर्ष पुगे, उनी आफ्नो बाबुप्रति असन्तुष्ट भए । उनलाई बाबुले गाली गर्थे र पिट्थे पनि । एक वर्षपछि उनी १४ वर्षका भए, अब उनी आफू बाँच्न सक्ने भए र घरबाट भागे । उनका बाबुले उनलाई कहिल्यै भेट्टाएनन् ।<ref name= "लोकपाटी"/>
 
== संघर्ष ==
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित