"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ८:
परापूर्व कालदेखि आफ्ना दैनिक व्यावहारिक चलनमा आफ्नै भाषा (लैको) भाषा प्रयोग गरिन्थ्यो। चेपाङको आफ्नै भाषा भए पनि लिपि भने भने पाइएको छैन ।
चेपाङहरूको परम्परागत धर्म प्राकृतिक धर्म हो। जस अनुरूप चेपाङहरूले सिमेभुमे देखि रूखलाई सम्म पूजा गर्छन्। खेतीबाली लगाउनुभन्दा अगावै भुइँ झ्यासा (भूमि पूजा) गर्ने गरिन्छ । यो पूजा प्रायः माघ र फागुनमा गर्ने गरिन्छ । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानी भूमिलाई चढाइसकेपछि मात्र मकै खान्छन् भने निबुवा, बिमिरो, पिडाँलु, घैंया धान आदि चाहिँ छोनाम गरी पितृलाई नबुझाइकन खाँदैनन्। भदौमा पूजा गरिने छोनाम ‘न्वागी’ चेपाङहरूको सबैभन्दा ठूलो धार्मिक पूजा हो। चेपाङहरू लोकसंस्कृतिमा धनी छन्। सङ्गीत र गीतको हिसाबले यिनमा थुप्रै विषयको लोकगीत र सङ्गीतको भण्डार छ । उनीहरू विवाह, चाडपर्व, सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू गाउँछन्। चेपाङहरू लोककथा, काव्य, उखान आदि जस्ता परम्परागत साहित्यमा पनि धनी छन्। तर यसको प्रयोग र प्रचलन अहिले आएर धेरै कम भएको छ । लगभग यो भाषाको गीत लोप हुने अवस्थामा छ । विन्राई लोककथाहरू परापूर्वकालदेखि पुर्खाले आफ्ना शाखा सन्तानहरूलाई सुनाइ आएका कथाहरू हुन्। पुस्तौं पुस्तासम्म एकदेखि अर्कोमा हस्तान्तरण हुँदै सर्दै जान्छ । यी विन्राईहरूमा पृथ्वीको सृष्टि, मानिसहरूको पृथ्वी, वनजङ्गल, पहाड पर्वत, जीवजन्तु आदिसँगको अन्तक्र्रिया, सम्बन्धको बारेमा उल्लेख गरिएको पाइन्छ । चेपाङहरूको परम्परागत भेषभूषामा महिलाको लागि गुन्यू–चोलो र पुरूषको लागि दौरा–कछाड र त्यसमा जाली भिरिएको स्टकोट हुन्छ । साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ । चेपाङहरूको परम्परागत गरगहनाको रूपमा मुगा, हारेमाला आदि छन्। हाल चेपाङ समुदायकामानिसहरूको पहिरनमा मिसावट आएको देखिन्छ । पुरूषहरू प्रायःजसो सर्ट, कट्टु, पाइन्ट, टोपी आदि लगाउँछन्। महिलाहरू लुंगी, ब्लाउज र मजेत्रो ओढ्छन्। कतिपय महिला र बालबालिकाहरू कुर्ता सुरुवाल र पाइन्ट, टी–सर्ट पनि लगाउँछन्।
प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ।
|