"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८०:
जब हिटलर अठार वर्षका भए, उनले आफ्नो बाबुको सम्पत्ति प्राप्त गरे । त्यो पैसाले हिटलर “कला” पढ्न [[भियना]] गए हिटलरले एकेडेमिज स्कुल अफ पेन्टिङ्गमा दुई दिनको प्रवेश परीक्षा दिए । अति नै आत्मविश्वासका साथ रिजल्टको प्रतीक्षा गर्न थाले । उनी स्कुलमा प्रवेश पाउने कुरामा ढुक्क थिए । तर उनी प्रवेश परीक्षामा फेल भए । बिजुली चम्केजस्तो महसुस गरे उनले । उनले बनाएको पेन्टिङबाट जजहरु सन्तुष्ट भएनन् । त्यसकारण उनी फेल भए । यसले हिटलरलाई अति नै असर पर्यो । उनी कसरी फेल भए भन्ने कुराको स्पष्टीकरणको लागि एकेडेमी गए । त्यहाँ उनको पेन्टिङमा धेरै कमी कमजोरी भएको र खास गरेर मानव पक्षको कमी रहेको कुरा भनियो । जे भएता पनि हिटलरमा आर्किटेक्टको क्षेत्रमा केही क्षमता थियो । उनी एक्लै बस्न थाले । एक ठाउँबाट अर्को ठाउँमा सर्थे । उनको पैसा बिस्तारै सकिदै गयो । उनको जीवनस्तर विस्तारै खस्कँदै गयो । पैसा सकिंदै गर्दा पनि उनले कुनै काम गर्ने उपक्रम गरेनन् । उनले अन्ततः आफ्नो सबै कुरा सके र भीख माग्न थाले । राती सडक र गल्लीमा राखिएको बेन्चमा सुत्थे । उनी फोहोरी, दुर्गन्धित भए र फाटेका लुगा लगाउँथे । सन् १९०९ डिसेम्बरतिर त उनको हालत झन् नाजुक थियो । यहूदी परोपकारीहरुद्वारा संचालित गृहहरुमा दिन बिताउन थाले । यो त्यो समय थियो जब हिटलरमा विस्तारै [[यहुदी धर्म|यहूदी]]हरुप्रति नराम्रो भावना विकसित हुँदै गयो । जसले पछि उग्र रुप लिएको थियो ।<ref name= "लोकपाटी"/>
 
==राजनितीमा प्रवेस==
==प्रारम्भका वर्षहरू==
[[पहिलो विश्वयुद्ध]]मा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए । ती भाग्यमानी सैनिक अरू कोही नभएर हिटलर नै थिए । त्यसपछि उनले छानी–छानी यहुदीहरू सिध्याउन सुरु गरेका थिए । उनी यहुदीलाई सखाप पार्न चाहन्थे । यहुदीमाथि धेरै अत्याचार गर्ने हिटलरकी पहिली प्रेमिका यहुदी नै थिइन् । ‘भक्सवेगन बेटल कार’ बनाउने तरिका पनि उनले एक यहुदी इन्जिनियरबाटै चोरेका थिए । हिटलरलाई चकलेट अत्यन्तै मन पथ्र्यो । चक्लेट खाइरहने उनको बानी थियो । हिटलरले इंग्ल्यान्डका राष्ट्रपतिलाई विस्फोटक चकलेटद्वारा मार्ने योजनासमेत बनाएका थिए । तर, त्यो सम्भव भएन । हिटलरलाई [[बिरालो]]सँग भने निकै डर लाग्थ्यो । आधुनिक विश्वमा हिटलर नै यस्ता पहिला व्यक्ति थिए, जसले धुम्रपानविरोधी अभियान सुरु गरे । अर्को कुरा, मारकाटको राजनीति गरेका हिटलर मांसाहारी थिए होलान् भन्ने धेरैको अनुमान हुन सक्छ । तर, उनी शाकाहारी थिए । उनले पशु क्रूरताविरुद्ध कानून पनि बनाएका थिए । <ref name= "लोकपाटी">https://lokpati.com/?p=13591</ref>
 
 
===वंश===
हिटलरका पिता, आलोइस हिटलर (सन् १८३७ - १९०३), [[मारिया अन्ना सिक्न्ग्रुबर]] का एक नाजायज सन्तान थिए । आलोइसको [[जन्मदर्ता]]मा पिताको नाम उल्लेख गरिएको थिएन । त्यसैले उनले आफ्नो आमाको थर पाए । सन् १८४२मा [[जोहन नेपोमुक हिडलर]]ले अन्नासँग विवाह गरे । तर सन् १८४७मा आमा र सन् १८५६मा पिताको मृत्यु पश्चात हिडलरका दाजु १८७६मा आएर मात्र आलोइस
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित