"इन्द्रायणी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: विष्णुमती नदी को पुर्व किनार मा रहेको भगवती र मन्दिर| [[शक्तिपीठ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
*विष्णुमती नदी को पुर्व किनार मा रहेको भगवती र मन्दिर|
 
*उत्तरी मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा रहेको भगवती र मन्दिर |यहा को तीनवर्षे मेला र रथ यात्रा त्यस भेक मा प्रसिद्द रहेको छ। बिहानै पालुङ-६, पालुङ बजारबाट पकाएको चामलको गोजा इन्द्रायणी मन्दिरमा पुर्‍याएपछि रथलाई खेल्पु डाँडामा रहेको इन्द्रायणी मन्दिरमा लैजाने चलन रहेको छ ।धार्मिक किम्बदन्तीअनुसार इन्द्र र रावणबीच लर्डाईँ हुँदा हारेका इन्द्रले स्वर्ग छाडेपछि इन्द्रपत्नी इन्द्रायणीले श्रीमान युद्धमा मरेको आशंकामा इन्द्रायणी मन्दिरनजिकै रहेको सतीघाटमा सती जान लाग्दा आकासवाणीमा इन्द्रले आफू नमरेको जानकारी दिएपछि खुशियालीमा जात्रा मनाउन थालिएको हो ।
मेलामा पालुङ-३ र ६ का बासिन्दाले ठगु जुजु(ठकुरी राजा) को पूजा गर्ने गरेका छन् । स्थानीय भक्तजनहरुले भाकलका बोका, कुखुरा, हाँसको बलि दिएपछि मात्र अन्यत्रबाट आएका भक्तजनका भाकलको पूजाआजा गर्ने चलन रहेको छ ।उत्तरी मकवानपुरको सबैभन्दा बढी बलि दिने मेलाको रुपमा लिइने इन्द्रायणी मेला इन्द्रायणी चौरमा ल्याएको रथ फिर्ता गरेपछि नाचगान भजनका साथ रमाइलो गर्दै समापन गरिन्छ । मेला भर्न मकवानपुर, चितवन, वीरगञ्जदेखिका भक्तजनहरु पालुङ आउने गरेका छन|
 
 
 
"https://ne.wikipedia.org/wiki/इन्द्रायणी" बाट अनुप्रेषित