"सालक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४२:
==आहारा==
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ।
 
[[धमिरा]]लाई नियन्त्रण गर्न सक्ने अर्को जीव हो सालक । सालक धमिराको शत्रु हो । यौटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालक विश्वमै लोपोन्मुख प्रजातिको जंगली जीव हो । सालकले किसानहरूको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ । हामीलाई नोक्सान गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो । तर केही वर्षयता यो जीव संकटमा छ । आकारमा [[न्याउरी मुसो]]जस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् । राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । <ref name= "कान्तिपुर"> https://www.kantipurdaily.com/kopila/2017/10/29/20171029082430.html</ref>
==सालक लोप हुने कारण==
साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करहरू सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । कैयौं तस्कर समातिएका पनि छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ । सालक एसियाको [[नेपाल]], [[चीन]], [[भारत]] र [[श्रीलंका]]का साथै [[अफ्रिका]]मा पाइन्छ । यो [[धादिङ जिल्ला|धादिङ]] लगायत नेपालका विभिन्न जिल्लामा फेला परेको छ । नेपालमा समुद्र सतहदेखि दुई हजार मिटर उचाइको क्षेत्रमा सालक भेटिएको छ । काठमाडौं उपत्यका, धादिङ, [[चितवन]], [[सुर्खेत]], [[बर्दिया]]लगायत ४३ जिल्लामा यसबारे अध्ययन थालिएको छ । विश्वमा ८ जातिका सालक छन् । तीमध्ये नेपालमा दुई जातिका मात्र पाइन्छन् । यहा पाइने सालक कालो र तामे रंगका हुन् । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ । सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।<ref name= "कान्तिपुर"/>
 
==सन्दर्भ सूची==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
*[http://www.ekantipur.com/saptahik/article/?id=13093-सालक]
*[http://www.ekantipur.com/nepal/article/?id=6365-सालक संसार]
{{Commonscat|Pholidota}}
 
[[श्रेणी:वन्यजन्तु]]
[[श्रेणी:लोपोन्मुख जीव]]
 
[[ar:أم قرفة (حيوان)]]
"https://ne.wikipedia.org/wiki/सालक" बाट अनुप्रेषित