"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४४:
 
ध्यानी बकुल्लाले प्रायः चराहरूको ठूलो समूहमा प्रजनन गर्दछ तर यसले कहिलेकाहीँ भने गुँड र एकान्तमा पनि प्रजनन गर्ने गर्दछ। यसको अण्डा प्रायः हरियो र निलो हुन्छ जसको लम्बाई ४५ देखि ५६ मिमि (२.२० देखि १.७७ इन्च) सम्म हुन्छ। यसले सामान्यतया ४ देखि ५ वटा अण्डा पार्दछ र कहिलेकाहीँ सात देखि आठ अोटा सम्म पनि पार्ने गरेको छ। अण्डाहरू प्राय: ३ दिनको अन्तरालमा पार्ने गर्दछ। यसले अोथारो १ वटा अण्डा पारेपछि वा सबै अण्डा पारे पश्चात बस्ने गर्दछ। दुबै भाले र पोथीले अोथारो बस्ने गर्दछन्। जुन २४ देखि २८ दिन सम्म हुने गर्दछ। वयस्कले खाना ल्यायो भने बच्चाहरूले सिधै माउको चुच्चोबाट खाना खाने गर्दछन्। वयस्कले खाना टुक्राउने गर्दछन्। बच्चाहरू ६ हप्तामा उड्न लायक हुन्छन् र २ महिनामै स्वतन्त्र हुँदै माउबाट सदाका लागि विधा हुन्छन्।<ref name=Witherby/>
 
==स्थिति==
विश्वमा यसको लगभग २७०,००० देखि ५७०,००० सङ्ख्यामा ध्यानी बकुल्ला रहेको अनुमान गरिएको छ। यसको जनसङ्ख्या बिस्तारै घटेतापनि, यसको घट्दो दरले असुरक्षित प्रजातिको मापदण्ड पूरा नगरेकाले [[अन्तर्राष्ट्रिय प्रक्रिया संरक्षण सङ्घ]]ले यसलाई कम चासोका प्रजातिको रूपमा वर्गीकरण गरेको छ।<ref name=iucn/> यस पङ्क्षीले हाल हिले क्षेत्रको बिनास र विभिन्न प्राकृतिक बासस्थानको कमीको समस्य भोगेको छ।
 
==सन्दर्भ सामग्रीहरू==