"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४७:
१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई प्रथम विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व ज्यान-मालको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |
== पृष्ठभूमि ==
[[औद्योगिक क्रांति]]को कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। [[अष्ट्रिया|ऑस्ट्रिया]]को सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो| एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। [[रुस|रूस]], [[फ्रान्स]] र [[ब्रिटेन]]ले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा [[जापान]], ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एसिया अनि अफ्रीका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७मा१९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रांतिको कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ती भयो।
 
== लडाईंहरु ==