"मासिक सक्रिय प्रयोगकर्ता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
स्पष्ट रूपमा, मासिक सक्रिय प्रयोगकर्ताहरूको पहिचान इमेल वा प्रयोगकर्ता नाम द्वारा गर्न सकिन्छ। केही कम्पनीहरूका लागि, मासिक सक्रिय प्रयोगकर्ता लागि प्रवेश र अन्तरक्रिया आवश्यक पर्दछ, यद्यपि कसले अन्तरक्रिया रचना गर्छ भन्ने कुरा कम्पनी अनुसार फरक पर्न सक्छ। मासिक आधार बाहेक, सक्रिय प्रयोगकर्ताहरू दैनिक (दैनिक सक्रिय प्रयोगकर्ता) र साप्ताहिक (साप्ताहिक सक्रिय प्रयोगकर्ता) रूपमा मापन गर्न पनि सकिन्छ। दैनिक सक्रिय प्रयोगकर्ता प्राय: पात्रो, खेल र इमेल जस्ता दैनिक प्रयोग हुने व्यवसायहरूले प्रयोग गर्दछन्। साप्ताहिक मापन प्रायः सामाजिक सञ्जाल वा सन्देश बोर्डहरू, मञ्च, एनालिटिक्स उपकरणहरू र उत्पादकता अनुप्रयोगहरूद्वारा प्रयोग गरिन्छ। मासिक सक्रिय प्रयोगकर्ता मेट्रिक, इमेल र बहीखाता /लेखा अनुप्रयोग जस्ता व्यापार-देखि-व्यापार अनुप्रयोगहरूले प्रयोग गर्दछन्।
 
== लोकप्रिय सामाजिक सञ्जालहरूमासञ्जालमा मासिक सक्रिय प्रयोगकर्ताकोप्रयोगकर्ताहरूको गणना ==
लोकप्रिय सामाजिक सञ्जाल [[ट्विटर]]मा मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि कम्तीमा ३० वटा अरूका ट्विटर खातामा पछ्याएको हुनुपर्ने र पछ्याइएको कम्तीमा १ भागको तीन भागले सो प्रयोगकर्तालाई पछ्याउनु पर्ने नियम कायम गरेको छ। मासिक सक्रिय प्रयोगकर्ताहरूलाई एक महिना भित्रमा, ट्विटरले प्रवेश गरेको आधारमा गणना गर्दछ।
 
[[फेसबुक]]ले मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि एक महिना भित्रमा फेसबुकमा प्रवेश र प्रयोग गरेको हुनुपर्ने नियम कायम गरेको छ जसमा प्रयोग भन्नाले फेसबुकमा अन्तरक्रिया गर्नुहो जस्तै मनपराउनु, साझेदारी गर्नु, टिप्पणी गर्नु र सन्देश आदन प्रदान गर्नु र बाह्य कडीद्वारा अन्य वेबसाइटमा प्रवेश गर्नु भन्ने बुभिन्छ। यदि प्रयोगकर्ताले ३०-दिनको अवधिमा कुनैपनि अन्तरक्रिया गर्दैन भने त्यो प्रयोगकर्ता निष्क्रिय मानिन्छ।
 
[[गूगल+|गुगल+]]मा मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि उसको गुगल खाता हुनु पर्ने र एक महिना सम्ममा गुगलका सेवाहरू प्रयोग गर्नुपर्नेछ।
 
==सन्दर्भ सामग्रीहरू==