"तुलसी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५:
'तु'- तुरीय अवस्था ज्ञानको प्रतीक राम, 'ल' को अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक पञ्चत�वको 'शरीर' हो । 'सी' को अर्थ मानव हृदय भावनाको प्रतीक भक्तिसीता हो । यसैले 'तुलसी' को शाब्दिक विश्लेषण हुन आउछ - ज्ञान, वैराग्य भक्ति र भक्तिको प्रतीक मानव जीवन |ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहीरूपमा प्रयोगको अर्थ नै 'तुलसी' को शाब्दिक अर्थ हुनआउाछ ।
==चिकित्सामा तुलसी==
पङ्क्ति १३:
बिहानै तुलसीको पूजनले, तुलसीसागको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको समिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घजीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ। यहासम्म कि तुलसी एउटा महाऔषधि भएकाले मृत्युका मुखमा परेका बिरामीहरूलाई पनि घाटका चिकित्सकहरूले मुखमा तुलसी राखिदिन प्रेरणा दिन्छन् । मृत्युपश्चात् पुनः देह निर्माणको प्रतीकस्वरूप पिण्ड, श्राद्वादि कार्य र दिवङ्गत पितृहरूले आफन्तहरूबाट प्राप्त गर्ने खानाको विश्वास स्वयं दिइएको पिण्डमा तुलसीको मञ्जरी राख्ने गरिन्छ भने देवकार्यमा अर्पण गरिने नैवेद्यहरूमा तुलसी नराख्दा विषाक्त र जूठोरूपमा लिइन्छ । अघिपछि दैनिकी हाम्रा खाद्य पदार्थहरूमा पनि तुलसीको प्रयोग गरी निर्विषाक्त पार्ने प्रयास गरिएको हुन्छ । विभिन्न कारणबाट खानाका पदार्थहरू जमिनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म मन, वचन र मानिसको क्रोध, आवेग, तनावका कारण पनि खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन् । तिनलाई निर्विषाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो । यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ । तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो । हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसाग लड्ने क्षमता भएको कुरा पुष्टिभएको छ ।
==धार्मिक महत्व==
शास्त्रहरूको मत छ, जीव र जगत्का रक्षक नारायण छन्, उनलाई
युगौ युगदेखि तुलसीको महत्ता कायमै छ । सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसीलाई त्रेतायुगमा रामको नामले यसलाई ज्ञानको प्रतीक मानियो भने त्रेतायुगमा भक्तिरूपी सीताको अभावमा चित्रकुटमा रामले आफ्नो आसुले तुलसीको सिञ्चन गर्नुभयो ।
|