"द इन्टेलिजेन्ट इन्भेस्टर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
द इन्टेलिजेन्ट इन्भेस्टर
पङ्क्ति ३१:

एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘यो पुस्तक म पटकपटक पढ्न रुचाउँछु । यसबाट मैले लगानी गर्ने धेरै उपायहरू सिकेको छु, यसको फाइदा मेरो पोर्टफोलियोमा समेत हेर्न सकिन्छ ।’ उनका अनुसार लगानीबाट प्रतिफल पाउनका लागि धेरै पढ्नुपर्छ । भन्छन्, ‘यो पुस्तक मेरा लागि भाग्य बनाउने ज्यावल पो बनेछ ।’ यसैगरी बफेटलाई मन पर्ने अर्को पुस्तक हो, बेन्जामिन ग्राहम र ड्याभिड एल डुडको पुस्तक ‘सेक्युरिटी एनालिसिस’ । उनी बेन्जामिनका चेला छँदै यो पुस्तक कलेजमा पढेका थिए । व्यापारमा लगानी गर्ने अनेकौं टुल्स यसमा रहेकाले धेरैका लागि उपयोगी हुन सक्ने उनले भनेका छन् । उनले भनेका छन्, ‘हुन त यो पुस्तकमा पठनीय सामग्रीहरू धेरै समेटिएकाले बुझ्न र ती सबै पढ्न समय लाग्न सक्छ । <ref>https://www.kantipurdaily.com/business/2017/07/01/20170701084206.html</ref>
==लगानी==
लगानीका मुख्य पक्षहरु
*गहिरो विश्लेषण

आफुले जुन कम्पनि वा शेयरमा लगानी गर्ने हो , सो को गम्भीर विश्लेषण गर्नु पर्छ र गहिराइमा गएर बुझ्नुपर्छ ।
*मूलधनको सुरक्षा

फाइदा पाउन जोखिम लिनु पर्छ भन्दैमा मूलधनलाई जोखिममा पार्नु हुदैन । मूलधनको सुरक्षा भएन भने लगानी , जुवामा परिणत हुन्छ ।
*पर्याप्त प्रतिफल
==मिस्टर मार्केट==
बजार बढेको बेलामा शेयर बेचेर बाहिरिनु पर्छ भने बजार घटेको बेला भनेको शेयर किन्ने उपयुक्त समय हो ।
==सुरक्षा सीमा / मार्जिन अफ सेफ्टी==
यदि हामीले विश्लेषण गर्दा कुनै कम्पनिको शेयर १०० रुपैयाँ पर्छ भने केहि सेफ्टी राखेर शेयर खारिद गर्नुपर्छ ; ८० वा ९० रुपैयाँ
==लगानीकर्ताका किसिमहरु==
*रक्षात्मक लगानीकर्ता

जोखिम लिन डराउछन् ।

गहिरो विश्लेषण गर्ने समय हुदैन ।
* उद्यमी लगानीकर्ता

गहिरो विश्लेषण गर्छन् , धेरै समय लगाउछन्

जोखिम धेरै लिन्छन।
*हाइब्रिड लगानीकर्ता
उद्यमी लगानीकर्ता र रक्षात्मक लगानीकर्ताको गुणको मिश्रण ।

अरुको कुरा सुनेर लगानीको सोच बनाउछन् ।

सधैं औसतभन्दा कम कमाउछन् ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}