"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३६:
*..............
*.............
=== तल्लो बोगटान वर्छैनी तथा तल्लो बुङ्गे पाल रजवार ===
 
बोगटान तल्लो बुङ्गे रजवार भनिएकाहरु सनातन धर्मसँग सम्बन्धित पालहरुका शाखा सन्तान थिए । सिजा राजाधिराज पृथ्वीमल्लदेवको दुर्लङ्ध्घनगरको कोटिस्तम्भको अभिलेखमा उल्लेख निम्न उल्लेखित पाल वंशावली यिनै तल्लो बुङ्गे ठकुरी रजवारका पूर्वजको नाममा आधारित वंशावली हो । जो यस प्रकार छ ।
*१—आदिपाल,
*२—अमरपाल,
*३—जयपाल(प्रथम),
*४—विजयपाल,
*५—वीरपाल,
*६—विक्रमपाल,
*७—श्रीपाल,
*८—धीरपाल,
*९—सोमपाल,
*१०—सूर्यपाल,
*११—समुन्दपाल,
*१२—शुंखपाल,
*१३—गृहपाल,
*१४—महिपाल,वरपाल,गजपाल,
*१५—विश्वपाल,
*१६—जीवपाल, (महाराजाधिराज गेला),
*१७—सरलपाल,
*१८—जयपाल(द्वितीय)श्रीजाव),
*१९—पुण्यपाल/मल्ल रानी संजनमाला(शकुनमाला),
*२०—राजाश्रीमल्ल –पुण्यमल्ल र शकुनमालाका जेठा छोरा आदि ।
यी बोगटान ठूलीगाडदेखि दक्षिण पूर्वक्षेत्रको रैतीमाथिको शासनसत्ता, जिम्मेवारी र देवताको सम्पूर्ण काम सुम्पीएका कारण तल्लोबुङ्गे रजवार भए । यिनलाई एउटै शब्दमा भन्ने हो, भने बर्छैनी भन्ने गरिन्छ । यस बर्छैनी अन्तरगतकाहरु हाल बर्छैन गाउँ विकास समितिको बर्छैनगाउँ, वेरवाटागाउँ, मोहन्याल गाउँ विकास समितिको वार्ड नं १ धमकोट र डोटी डडेल्धुराक्षेत्रमा बसोबास गर्ने केही मल्ल परिवारहरु हुन् । यस परिवारका अनुसार राजा निरयपालको खान्दानले सुर्खेत फर्कन नदिएपछि यी मध्येको
*जेठोभाइ धमकोट गाउँमा बस्यो,
*माईलोभाइ बर्छैन गाउँमा बस्यो र
*कान्छोभाइ वेरवाटा गाउँमा बस्यो भन्ने छ । शौनक गोत्रीय ,सूर्यवंशी यो शाखा पनि बोगटान बसे पछि पाल बाट बोगटी बन्यो । बोगटी रजवार बाट बर्तमानमा बम /[[बम(थर)]] बनेर रहेको छ । बोगटान को ठकुरी बम मानिन्छ । [[ज्योतिष गणपति]] भन्दा पहिले कश्यप गोत्रका [[वडु]] बामन तल्लो बुँगे ठकुरीका कुलगुरु थिए । गणपति आएपछि गणपतिले देवता पूज्ने र जजमानि समालेका हुन् । सुर्खेत सलामबाट भैरौ देवता ल्याएकाहुन । मोहन्यालसँग धितधरम भएपछि, मोहन्यालको स्तरकै भैरौ वेताल भएको हो । रिसड्याल (रिसेडीबसेकाहरु) र निगल्याल(निगालीबसेकाहरु) राजा निरयपालका सन्तान हुन । गणपति बामन पनि यिनै रिसड्याल, निगल्यालका पूर्खा पाल राजासँग रुपाल क्षेत्रबाट [[बोगटान]] आएका हुन् । १२ वोगटान भनेको सुर्खेत देखि कुमाउ, गढवालसम्मको क्षेत्र हो । प्राचीनकाल देखि कुमाउ गढवालबाटै सुर्खेत हुँदै नेपाल (वर्तमान काठमाण्डौ) सम्म आवत जावत हुने गर्दथ्यो ।
===गढवालका पाल वंशावली===
गडवाल को पाल वंशज लाई परमार वंशजका पाल भन्ने गरिएको छ । परमार वंशज पनि अयोध्य संग सम्बन्ध राख्ने गर्दछ । गडवाल को पाल लाई पनि कत्युरी पाल वंशजको एक शाखा भएको मान्यता छ ।
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित