"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४:
|casualties2=२३
}}
वि.सं १९०३ कार्तिक १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरुलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोले पछी जंगबहादुरले आफ्ना दुस्मनको संहार गरे । भण्डारखाल बगैचा मा भएको सो घटनालाई भण्डार खाल पर्व भनिन्छ ।
 
== पृष्ठभूमि ==
[[कोत पर्व]]पछि [[जंगबहादुर राणा|जंगबहादुर]] [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]को मन जितेर प्रधानसेनापति बन्न सफल भए | [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]ले [[माथवरसिंह थापा]]लाई झैँ [[जंगबहादुर राणा|जंगबहादुर]]लाई पनि युबराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आबश्यक प्रबन्ध गर्न दबाब दिईन् | रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने बिश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् |
 
== षडयन्त्र ==
भण्डारखाल बगैचामा आयोजना गरिने भोजमा जंगबहादुरलाई विष मिलाइएको भोजन खान दिएर मार्ने र उक्त भोजन नखाएमा गोलि हानी हत्या गर्ने योजना बनेको थियो | त्यसपछि कान्छी रानीले [[बस्न्यात खलक]]का अग्रज [[वीरध्वज बस्न्यात]]लाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् । [[गगन सिंह भण्डारी]]का २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । उनीहरुले आफ्ना पिता [[गगन सिंह भण्डारी]]को हत्यारा पट्ट लगाउन जंगबहादुरलाई निबेदन गरेपनि उनले चासो नदिदा जंगबहादुरले नै पिताको गरेको शंका उनीहरुको मनमा थियो | रानीले बिरध्वज बस्नेतलाई हातमा लिई भविष्यमा रणेन्द्र राजा र बिरध्वज प्रधानमन्त्री हुने बिश्वास दिलाएर आफ्नो पक्षमा परेकी थिइन्थिइन्। |उक्त षड्यन्त्रको सम्पूर्ण रहस्य पण्डित विजयराज पाण्डे र दरबारको सुसारे पुतली नानीबाट जंगबहादुरले चाल पाए |
 
== घटना ==
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो | जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न बिरध्वज बस्नेत स्वयम् गए | जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो | बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए | जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो | प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए | बद्री सिंह भण्डारी भने समातिए |समातिए।
 
[[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]द्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन | जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए |आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो | त्यस घटनामा २३ जनाको हत्या गरियो , १७ जनाले भागेर ज्यान बचाए |
 
== त्यसपछि ==
त्यसपछि जंगबहादुरले राजा राजेन्द्र तथा युबराज सुरेन्द्रको उपस्थितिमा भाइ-भारदारहरु भेला गराई रानीबाट रचिएका सबै षड्यन्त्रपूर्ण कार्यहरुको जानकारी गरे | त्यसैदिन रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देश निष्कासन गरियो |गरियो। उनी आफ्ना दुई छोरा रणेन्द्र र बीरेन्द्रलाई साथमा लिई २१ लाख रूपैयाँ र गरगहना लिई काशी गइन् |युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा खलक]] र [[पाँडे खलक]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार [[बस्न्यात खलक]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref name=":0">https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>
 
==यो पनि हेर्नुहोस्==