"येले सम्वत्" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ९:
किराँतका विभिन्न समुदायमा भाषा तथा संस्कार संस्कृतिहरू फरक फरक भएकाले यो संवत्को नामाकरण पनि बेग्लाबेग्लै भएको पाइन्छ। किराँत समुदायभित्र विशेष गरी तीन समूहहरू राई, लिम्बु र सुनुवार रहेका छन्। यसर्थ आफ्नो भाषागत फरक अनुसार किराँत राईहरूले यस संवतलाई येलेदोङ् तथा येलेदँ भन्दछन् भने लिम्बु समुदायमा येलेतङ्बे र सुनुवार समुदायमा येलेथोचे भन्ने गरेको पाइन्छ। यो संवतको गणना तथा हालको ५०६९ तथ्यगत हो भन्ने सम्बन्धमा भने मतैक्य छैन। किराँतकालीन शासन अवधिमा नै विभिन्न इतिहासकारबाट लेखिएका दस्तावेजहरूको विवरण नै एकै समयावधिमा आधारित नभएकाले सबैको मत एउटै रहेको पाइँदैन। इतिहासकारहरूको विभिन्न अभिलेख हेर्ने हो भने विदेशी लेखक कोलेनेल कर्कपेटि्रकका अनुसार किराँती राजाहरू २७ पुस्ता रहेको र शासन अवधि १५८१ वर्ष एक महिना त्यसमा पनि कुशकुनको ४८ वर्षको शासन अवधि जोड्दा किराँत शासन १६३० वर्षसम्म रहेको देखिन्छ। भाषावंशावलीका अनुसार किराँतका २८ पुस्ता राजाहरू रहेका र शासन अवधि १७४० वर्ष तीन महिना देखाएको छ। यसै गरी गोपालवंशावलीमा उल्लेख भए अनुसार किराँतका ३२ पुस्ताका राजाहरू रहेका र शासन अवधि १९६३ वर्ष आठ महिना उल्लेख पाइन्छ। किराँत इतिहासका धेरै गहिरो अध्ययन गर्नुभएका स्वामी प्रपन्नाचार्यका अनुसार किराँतका २७ पुस्ताका राजाहरूले १७३६ वर्ष शासन गरेको मानेको पाइन्छ। अर्का लेखक के.पी. जयसवालले किराँतका ३१ पुस्ताका राजाहरूले ७१० वर्ष शासन गरेको उल्लेख छ भने डेनियल राइटले भने किराँतका २९ पुस्ताका राजाहरूले शासन गरेको उल्लेख गरे पनि शासन अवधि उल्लेख गरेका छैनन्। यसरी कुनै पनि इतिहासकारहरूको अभिलेखमा किराँत राजाहरूको संख्या र शासन अवधि धेरै फराकिलो अन्तरहरू रहेको पाइएकाले पनि यस येले संवतलाई ठीकसँग मिलाउन सकिने अवस्था चाँहि देखिँदैन।
 
उल्लेखित गोपालवंशावलीको आधारमा किराँतहरूको शासन अवधिको अधिकतम समयावधि १९६३ वर्षलाई आधार मानेर हेर्दा किराँतपछि आएका लिच्छवि शासनकाल मानिएको करिब ७०० वर्ष, मल्लकाल करिब ३०० वर्ष र शाहकाल करिब २४० वर्ष जोड्दा पनि जम्मा ३२०३ वर्ष मात्र हुन आउँछ। उता बुद्धकालीन समयलाई हेर्दा बुद्ध काठमाडौं भ्रमण गरेको समय किराँतका सातौं राजा जितेदास्तीको समय हो भनिएको छ। आज बुद्धको जन्म जयन्ती नै २६०० वर्ष लगभग पुगेको छ। उता किराँतकाल किराँतका प्रथम राजा यलम्बर हाँङ्ले इ.पू. ५८०मा नेपालमा राज्य स्थापना गरेको हो भनिएको छ। यसरी इ.पू. ५८० र सन् २००९ समयावधि जोड्दा २५८९ वर्ष मात्र हुनआउँछ भने अन्य तथ्याङ्क त झनै थोरै भएकाले मिल्ने सम्भावना नै देखिँदैन। यता दुर्गाहाङ याखाराईद्वारा लिखित पुस्तकको विवरणमा भने, "...नेपालका किराँतवंशीय राज्यका संस्थापक यलम्बरहाङ महाभारत युद्धको समाप्तिपछि कुरुराज्यको "पाटकपतन्जली" नामक राज्यबाट नेपाल खाल्डो (काठमाडौं उपत्यका)मा आएर कलिगत ४० (ई.पू. ३०६१)मा अहिर वंशी राजा भुवनसिंहको राजधानी मातातीर्थउपर आक्रमण गरी किराँत राजवंशीय युगको प्रारम्भ गरेका थिए" भन्ने विवरण पाइन्छ। यदि यो वास्तविकता हो भने यो ई. पू.को ३०६१ वर्ष र आजसम्मको सन् २०१० वर्षलाई समायोजन गर्दा ५०७१ वर्ष हुन आउँछ। हाल किराँतीहरूले मान्दै आएको किराँत संवत् यही २०६६ माघ १ गतेदेखि ५०७० लाग्नुपर्ने भए पनि यहाँ एक वर्षको मात्र फरक पर्न आएको देखिँदा यो तथ्याङ्क ठिक्क नमिले पनि अन्य भन्दा नजीक हो भन्ने चाँहि देखिन्छ। यसभन्दा अन्य तथ्याङ्क नै अनुसन्धानबाट पुष्टि हुन आएमा भने समयावधि धेरै नै फरक पर्ने हुन्छ। यसबाट के अनुमान गर्न सकिन्छ भने यो संवत् किराँती यलम्बरले नै पहिलो पटक सुरुवात नगरी धेरै अगाडिदेखि नै किराँतीहरूले नै प्रयोगमा ल्याएका र यलम्बरले नेपालमा आफ्नो राज्य स्थापनापछि यहाँ पनि यही संवत् लागू गराएकै आधारबाट येले संवत् नामाकरण गरिएको हो कि भन्ने देखिन्छ। किन भने किराँतहरू नेपालमा यलम्बर आउनु पूर्व नै संसारका धेरै भूभागहरूमा फैलिसकेका थिए। किराँतहरूको उद्गमस्थल बेबिलोन मानिएको छ र यहाँबाट इ. पू. २४०० तिर अन्यत्र पलायन हुनथालेका हुन् भन्ने इतिहासकारहरूको मान्यताले यो कुराको पुष्टि गर्ने हुँदा किराँतहरूको इतिहास नेपालबाटै पहिलो पटक सुरु भएको होइन भन्ने देखिन्छ। यसो हुँदा यो संवत् पनि पहिलेदेखि नै किराँतहरूले प्रयोगमा ल्याएको र पछि नेपालमा यलम्बरले आफ्नो शासनको स्थापना गरेपछि यो संवत्लाई पहिचानको नयाँ आधारको रूपमा उनैको नामबाट पछिका किराँतहरूले येले संवत् भनी नामाकरण गरेको पनि हुन सक्छ भन्ने पनि देखिन्छ। यदि यलम्बरले नै यो संवत् सुरुवात गरेको हो र त्यो पनि ई. पू. ५७० नै भन्ने प्रमाणिक इतिहास पाइएमा भने यो ५०६९ बाट लाग्नै लागेको ५०७०को संवतको समयाधि केही घट्नसक्ने हुन्छ जसका लागि गहिरो अध्ययन गरिनु आवश्यक छ। तथापिसकछ।तथापि तथ्यगत कुरा जे भए पनि येले संवत् किराँतहरूको ऐतिहासिक पहिचान र अस्तित्व मानिएको प्राचीन किराँत संवत् चाँहि अवश्य हो, यसमा कसैको विमति नहोला।
 
यस मुलुकका आदिम जातिका रूपमा परिचित आदिवासी किराँत जातिहरूले पनि आफ्नो पहिचान र अस्तित्व बोकेको यो येले संवतलाई राष्ट्रिय र कानुनी मान्यताको माग गर्नु स्वभाविक नै हो। तर यस संवतलाई किराँतहरूले आफ्नो संवत् माने पनि यो संवतले केवल किराँतहरूको मात्र प्रतिनिधित्व गर्ने नभई यसले प्राचीन नेपालको इतिहासकै प्रतिनिधित्व समेत गर्छ।
"https://ne.wikipedia.org/wiki/येले_सम्वत्" बाट अनुप्रेषित