"येले सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ५:
{{Orphan|date=जुन २०११}}
 
राजा यलम्बरलाई नै नेपालको प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन्। यिनै राजा यलम्बरले सुरु गरी प्रयोगमा ल्याएको मानिएको संवतलाई नै '''येले संवत्''' भनी सबै किराँत समुदायले किराँत संवतको रूपमा मान्दै आएका पनि छन्। तर यो संवत् सधैं ओझेलमा पर्दै आयो। २०६३ पछि देशमा आएको राजनीतिक परिवर्तनपछि सबैले आ-आफ्नो ऐतिहासिक र सामाजिक अस्तित्व र पहिचानको आधारहरू खोजी गरेर संरक्षण संवर्द्धन गर्ने अवसर पाए किराँत समुदायमा पनि यो आफ्नो जातीयतामा आधारित येले संवतलाई व्यावहारिक र कानुनी मान्यताको माग अगाडि सारे।
 
किराँतका विभिन्न समुदायमा भाषा तथा संस्कार संस्कृतिहरू फरक फरक भएकाले यो संवत्को नामाकरण पनि बेग्लाबेग्लै भएको पाइन्छ। किराँत समुदायभित्र विशेष गरी तीन समूहहरू राई, लिम्बु र सुनुवार रहेका छन्। यसर्थ आफ्नो भाषागत फरक अनुसार किराँत राईहरूले यस संवतलाई येलेदोङ् तथा येलेदँ भन्दछन् भने लिम्बु समुदायमा येलेतङ्बे र सुनुवार समुदायमा येलेथोचे भन्ने गरेको पाइन्छ। यो संवतको गणना तथा हालको ५०६९ तथ्यगत हो भन्ने सम्बन्धमा भने मतैक्य छैन। किराँतकालीन शासन अवधिमा नै विभिन्न इतिहासकारबाट लेखिएका दस्तावेजहरूको विवरण नै एकै समयावधिमा आधारित नभएकाले सबैको मत एउटै रहेको पाइँदैन। इतिहासकारहरूको विभिन्न अभिलेख हेर्ने हो भने विदेशी लेखक कोलेनेल कर्कपेटि्रकका अनुसार किराँती राजाहरू २७ पुस्ता रहेको र शासन अवधि १५८१ वर्ष एक महिना त्यसमा पनि कुशकुनको ४८ वर्षको शासन अवधि जोड्दा किराँत शासन १६३० वर्षसम्म रहेको देखिन्छ। भाषावंशावलीका अनुसार किराँतका २८ पुस्ता राजाहरू रहेका र शासन अवधि १७४० वर्ष तीन महिना देखाएको छ। यसै गरी गोपालवंशावलीमा उल्लेख भए अनुसार किराँतका ३२ पुस्ताका राजाहरू रहेका र शासन अवधि १९६३ वर्ष आठ महिना उल्लेख पाइन्छ। किराँत इतिहासका धेरै गहिरो अध्ययन गर्नुभएका स्वामी प्रपन्नाचार्यका अनुसार किराँतका २७ पुस्ताका राजाहरूले १७३६ वर्ष शासन गरेको मानेको पाइन्छ। अर्का लेखक के.पी. जयसवालले किराँतका ३१ पुस्ताका राजाहरूले ७१० वर्ष शासन गरेको उल्लेख छ भने डेनियल राइटले भने किराँतका २९ पुस्ताका राजाहरूले शासन गरेको उल्लेख गरे पनि शासन अवधि उल्लेख गरेका छैनन्। यसरी कुनै पनि इतिहासकारहरूको अभिलेखमा किराँत राजाहरूको संख्या र शासन अवधि धेरै फराकिलो अन्तरहरू रहेको पाइएकाले पनि यस येले संवतलाई ठीकसँग मिलाउन सकिने अवस्था चाँहि देखिँदैन।
"https://ne.wikipedia.org/wiki/येले_सम्वत्" बाट अनुप्रेषित