"गीतकार" का संशोधनहरू बिचको अन्तर

थप हो कि सुधार हो मै झुक्किए
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''गीतकार''' एक व्यवसायीक मानिस हो जसले [[गीत]] लेख्दछ वा गीतको लागि सङ्गीत रचना गर्दछ। गीतकारलाई सङ्गीतकार पनि भन्ने गरिन्छ, यद्यपि, पछिल्लो शब्द मुख्य रूप देखि [[शास्त्रीय सङ्गीत]] शैली र पार्श्व सङ्गीतबाट व्यक्तिगतको लागी प्रयोग गरिन्छ। सङ्गीत उद्योगमा परेको दबाबका कारण गितकारहरूले लोकप्रिय गितहरू उत्पादन गर्ने गर्दछन् यसको मतलब गीतलेखन प्रायः एउटा क्रियाकलाप हो जसको कार्य धेरै मानिसहरूका बीचमा वितरण गरिन्छ।<ref name="emusician"/> उदाहरणका लागि, एक गीतकार जो कि गीत लेखनमा सिपालु हुन्छ, उसले अन्य गीतकारहरूसँग मिलेर सक्कली वा मौलिक सुरिला गितहरू लेख्ने गर्दछन्। पप गीतहरू ब्याण्ड वा साङ्गेतिक समूहका सदस्यहरूद्वारा वा सहयोगी लेखकहरू द्वारा लेखिने गरिन्छ। गीतकारहरू प्रत्यक्ष रूपमा प्रकाशकहरूको रोजगारीमा रहेका हुन्छन्।<ref name="emusician"/> केही गीतकारहरू आफ्नै सङ्गीत प्रकाशकहरूको रूपमा सेवा गर्छन्, र अरूका भने बाहिरका प्रकाशकहरूकोमा निर्भर हुन्छन्।<ref name="emusician"/>
 
पुरानो शैलिमा गीत कसरी लेख्न भन्ने बारे विश्वविद्यालय, कलेज डिप्लोम र "रक स्कूलहरू" मा सिकाइने गरिथ्यो।<ref name="emusician"/> आधुनिक सङ्गीत प्रविधिको ज्ञान (अनुक्रमक, सिन्थेसाइजहरू, कम्प्यूटर ध्वनि सम्पादन), गीतलेखन तत्वहरू र व्यवसायिक कलाहरू अहिले गीतकारहरूको लागि आवश्यक सामग्रीहरू हुन्। धेरै सङ्गीत महाविद्यालयहरूले गीत लेखन डिप्लोमा र सङ्गीत व्यवसायिक मापदण्डहरूसँग डिग्री प्रदान गर्दछन्।<ref name="emusician"/> गीतलेखन र प्रकाशन रोयल्टीहरू आयको महत्त्वपूर्ण स्रोत हुन सक्छन्, खास गरी यदि गीत अमेरिकामा कानूनी रेकर्डमा लोकप्रिय बन्दछ र सन् १९३४ पछि लिखित गीतहरू केवल सक्कली लेखकहरू द्वारानै प्रतिलिपि बनाइन्छ। यी अनुमतिहरू प्रदान गर्न कानुनी रूपमा शक्ति खरीद, बेची वा पठाइएको हुन सक्छ। यो अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार कानूनको नियन्त्रणमा रहेको हुन्छ।<ref name="emusician"/>
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/गीतकार" बाट अनुप्रेषित