"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
===पूर्वज===
कार्तिकेय(मोहन्याल),केदार ,कैलपाल,समैजी अन्तर्गतका देवता भएका मल्ल [[कत्युरी राजवंश]] का मल्ल हुन् । डोटी बोगटानका [[रजवार]]हरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । काठमाडौँ उपत्यका का मल्ल त्यहाँ राज्य गर्ने ठकुरी मल्ल का सन्तान हुन् नेवार संग मिसिएको भन्ने किब्दान्ति छ । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।
 
==डोटी बोगटानका मल्ल ठकुरी वंशावली अनुसार==
सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९÷२९०मा हेर्दा र पढ्दा पनि स्पष्ट हुन्छ । जस अनुसार निमावोजी देवबहादुर मल्लसित भएको प्रतिलिपि अनुसार राजा अर्जुन मल्लका छोरा मेघुमल्ल जोरायल आए । राजा अर्जुनले शाही पदवी प्राप्त गर्नु पूर्वका छोराहरु मेघुमल्ल, उदयभानु, श्रीपति । यी मध्ये जेठा छोरा मेघुमल्लले जोरायल छोडी बोगटान मस्यासरी बसे, मूसी मल्ल वोगटानको देवानी लि बसे, कुमेरुका कान्छा भाइ उदैमल्ल विठारा चौवाला आई बसे उदैमल्लदेखि सातौं पुस्ता सम्मको नामावली थाहा भएको छैन, खोजी हुँदै छ ।
महिपति मल्ल, जुडामल्ल, पठान मल्ल समेत ३ भाइ भए । त्यसमध्ये पठानको अपुताली भयो । जुडाका सन्तान सुव्वा दिलिपसिह समेत हुन । महिपतिको सन्तान यस प्रकार छ । मन्दिर मल्ल, प्रीतिसिह मल्ल र रामसिह मल्ल । रामसिहका तिलकसिह र अमरसिह २ भाइ तिलकसिहका डम्मरबहादुर मल्ल, खुमबहादुर मल्ल हुन । भजनी र बसुरियामा बस्तछन् । प्रतिसिहका तारासिह, बालासिह, लालसिह, ज्योतिसिह र भजनसिह समेत ५ भाइ हुन् । भजनको अपुताली भयो । तारासिहका देवबहादुर मल्ल, बमबहादुर मल्ल, इमानसिह मल्ल, भक्तबहादुर मल्ल, हिक्मतबहादुर मल्ल समेत ५ भाइ कैलालीको निमावोजी र डोटी बोगटान घाँगलमा बस्तछन् । बालासिहका भीमबहादुर मल्ल, लालसिहका बुद्धिसिह, क्षेत्रबहादुर, भीमबहादुर, हर्षराज समेत चारभाइ घाँगल र कैलाली धनौरामा बस्छन् । ज्योतिसिहका सूर्यबहादुर, दीर्घसिह, मानबहादुर, कृष्णबहादुर र वीरबहादुर समेत घाँगल र कैलाली वसुरियामा बस्तछन ।
सुव्वा दिलिपसिहबाट प्राप्त वंशावली अनुसार चिरबुँगलबाट फाटेर बोगटान हुँदै जोरायल हूँदै मल्लो बोगटान बुढाकोट आउने मुसुमल्ल । मुसुका दुई छोरा कुमेरु मल्ल र उदैसिह मल्ल । कुमेरुका सन्तान बुढाकोटै बसे, कान्छा उदैसिका पैलु पनि भन्दथे । पैलु चौमाला विथाडामा आएर बसे । पैलुका छोराहरु ३ भाइ महिपति, जुडा, पठान । महिपतिका सन्तान निमावोजीका देवबहादुर मल्ल हुन । जुडाका तीन छोरा हरिभानसिह, जमानसिह र धनसिह मल्ल हुन् । अव यिनको और सन्तान जगा जगा पाँजिएर बस्यो । तेसमा धेरैले चौमाला विथाडा छोडेर तल्ली वोगटान पण्डौनमा आए । सम्वत १९४८ साल तिरको कुरा हो । धनसिहको निःसन्तान । हरिभानका मेघसिह, जमानसिहबाट हरिभानसिह र अजवसिह भए । यी तीनै भाइ पण्डौनबाट उठेर मलवार आई बसे । त्यसबेला यहाँको जग्गा आवाद गरेबापत सयकडा पाँचले जग्गानै पाउने चलन थियो । मल्लवारका वीर्तावार हिरण्यसमशेरबाट २०० विगाहा जग्गा विर्ता पाईयो । त्यसपछि मेघसिहको अपुताली भयो । हरिभानसिहका दिलिपसिह र दीर्घराजसिह भए । अजवसिहबाट पहलवानसिह, कुँवरसिह, हिक्मतसिह र उपेन्द्रसिह मल्ल भए । दिलिपका चार छोराहरु टेकबहादुर, देवबहादुर, मोहनबहादुर र मदनबहादुर भए । दीर्घराज सिहका ३ छोराहरु चक्रबहादुर, पुष्पबहादुर, र कृष्णराज मल्ल । पहलवानसिहका छोरा पदमबहादुर मल्ल, कुँवरसिहका ध्वजबहादुर मल्ल । हिक्मतसिहका तेजबहादुर मल्ल समेत ४ भाइ । उपेन्द्रबहादुर मल्लका वरुण समेत ४ भाइ ।
हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली २०६० साल, पेज १५९, मा उल्लेख भए अनुसार समैजी मल्लहरुका कुलदेवता हुन । इनको स्थान घाँघल जमनचौकामा छ । पेज १६० अनुसार मल्ल (सूर्यवंशी सवनय गोत्री) मल्लहरुको कुलदेवता समैजी हुन् । जसलाई घण्टेश्वर समैजी पनि भन्दछन् । घाँगल बुढाकोटको डाँडामा स्थापित सिकारी समैजी पनि यिनै मल्लका कुलदेवता मानिन्छन् । तल्लो बोगटान अलाड गाउँमा बसोबासगर्ने अलडे ठकुरीको वंशावली अनुसार अलडेको एक परिवार जोरायल सेकुनी गएको बताईन्छ । अलडे ठकुरीका कुलदेवता पनि समैजी हुन् । पुराना दिनहरुमा तल्लो बोगटानका बम ठकुरी र देउवाहरुको वैवाहिक सम्बन्ध यी मल्लहरुसँग नभएपनि उपल्लो बोगटानका बोगटी, बमसँग घाँगलका मल्लको वैवाहिक सम्बन्ध पहिलेदेखिनै थियो । अझै पनि छ ।
 
 
 
===मल्ल थर लेख्ने वैश्यहरु===
बैतडी डेमाडोको देउको भनिने बोरो महेन्द्रनगर बजारमा गर्ग गोत्र बताउने र मल्ल थर लेखेर बसेको छ | डोटी जिल्ला [[बासुदेवी]] गाउँ विकास समितिको देउकांडे बोरो (बोहरा) पनि मल्ल थर लेख्छन | यी बोहराका मल्ल थर लेख्नेहरु कौसिल्ला(कौशिक) गोत्र बताउने र मल्ल थर लेख्ने कैलाली जिल्ला अतरिया नगरपालिका दुर्गा लक्ष्मी उच्च मा.बि नजिक बस्छन |
 
===संख्या===
===मल्लले मान्ने विशेष पर्वहरू===
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित