"नमस्ते" का संशोधनहरू बिचको अन्तर

+image
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
'''नमस्कार अथवा नमस्ते''' मा अभिवादन गर्ने एक प्रचलित चलन हो   । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथ साथै व्यक्ति ‘नमस्ते’ या ‘नमस्कार’ शब्द भन्दै अभिवादन गर्दछ । हातको यो मुद्रालाई नमस्कार मुद्रा भनिन्छ ।
 
'''नमस्ते अथवा नमस्कारको अर्थ'''
 
‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । हाम्रो लेख ” मनुष्य कुन घटकले बनेको हुन्छ रु”, मा हामीले बताएका छौं कि प्रत्येक व्यक्ति भित्र परमात्मा ९ईश्वरीय तत्व० हुन्छजसलार्इ हामीआत्माभन्छौं । नमस्कार गर्ने समय एक व्यक्तिको आत्मा दोस्रो व्यक्तिको आत्मालार्इ अभिनन्दन अनि नमस्कार गर्दछ ।
 
‘नमस्ते’ अनि ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि ती दुवै बीच एक आध्यात्मिक अन्तर छ क्ष् नमस्कार शब्द नमस्ते भन्दा अधिक सात्विक छ
 
'''नमस्कार गर्नुको उद्देश्य'''
 
नमस्कार अर्थात अर्को व्यक्तिमा दैवी रूप देख्नु, यसले आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्दछ । यदि नमस्कार यस्तो आध्यात्मिक भाव ले गर्ने कि हाम्रो सामुन्य व्यक्तिको आत्मालाई नमस्कार गरिरहेका छ, यसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ । यो आध्यात्मिक विकासमा सहायता गर्दछ ।
 
नमस्कार गर्ने समय यदि हामीयस्तो विचार राख्छौ कि “तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईको अधीनस्त छु, मलाई कुनै पनि ज्ञान छौनअनि तपाई सर्वज्ञ हुनुहुन्छ”, यो अहंकार कम गर्नअनि विनम्रता बढ़ाउनमा सहायक हुन्छ ।
 
मुख्यतया नमस्कार तिन प्रकारका हुन्छन् ।
 
'''सामान्य नमस्कार:''' कुनै व्यक्तिसँग भेटिदा सामान्य तया दुवै हातलाई जोडेर नमस्कार गरिन्छ । प्रत्येक दिन कयौ मानिसहरुसँग भेटिन्छौ र हामी नमस्कार गर्छौ । यसप्रकारको नमस्कारलाई सामान्य नमस्कार भनिन्छ ।
 
'''पद नमस्कारः''' यस प्रकारको नमस्कार हामी आफनो परिवार, नाता, बृद्ध तथा बाबा आमाको पैतला छोएर गर्छौ । परिवार बाहेक गुरु तथा आध्यात्मिक व्यक्तिहरुको पैताला छोएर नमस्कार गर्ने गर्छौ ।
 
'''साष्टांग नमस्कार :''' यस प्रकारको नमस्कार मन्दिरहरुमा मात्र गरिन्छ । मठ मन्दिरमा देवि देवताको शरणमा गरिने नमस्कार साष्टांग नमस्कार हो । मंदिरमा नमस्कार गर्ने समयमा खाली खुट्टा हुनु पर्दछ ।
 
'''नमस्कार गर्नुको फाइदाहरु''' : राम्रो भावना र राम्रो तरिकाले गरिएको नमस्कारको पहिलो फाइदा यो हुन्छ कि यसले मनमा स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकरात्मक सोचको बिकास हुन्छ । नमस्कारले अर्को व्यक्तिले तपाईप्रतिको राम्रो भावनाको विकास गर्दछ । यसप्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन । यसले अन्य ब्यत्ति प्रति नम्रत बढ्छ साथै मन्दिरमा नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ ।
 
[[चित्र:Dancer in Sari.jpg|250px|thumb|right|नमस्ते गर्ने मुद्रा]]
'''नमस्ते''' दुई हाथ जोडेर [[हिन्दू धर्म|हिन्दू]]हरू द्वारा एक अर्कासँग भेट भएको बेला अभिवदन गरिने शब्द हो। यस भावको अर्थ सबै मनुष्यहरूको हृदयमा एक दैवीय चेतना र प्रकाश छ जो अनाहत चक्र (हृदय चक्र)मा स्थित छ भन्ने हुन्छ। यो शब्द [[संस्कृत]]को नमस शब्दबाट निकालिएको हो।
 
"https://ne.wikipedia.org/wiki/नमस्ते" बाट अनुप्रेषित