"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
[[चित्र: gorkha3.jpg|thumb|गोरखा भारदार युद्धको तयारीमा]]
फ्रान्सीस बुचानन लगायतका इतिहासकार हरूले " नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज)मा बाँडिए पनि कस्मीर देखि भुटान सम्मको हिमालय पहाडको दक्षीण तथा गङ्गाको मैदानको उत्तरी कांठ सम्मको क्षेत्र हो" भनेका छन। नभन्दै त्यो भनाइमा सत्यता पनि पाइन्छ कस्मीर राज्यबाट पूर्व लागेपछी [[भूटान|भुटान]] सम्म प्राय उस्तै प्रकारको रहन सहन बसोबास तथा भौगोलिक बनावट रहेको छ अरू त कुरै छोडौ इतिहासको बिभिन्न कालखण्डका यो क्षेत्रका राजा हरूले सके सम्म उत्तर तिब्बती क्षेत्र तथा दक्षिण भारतीय क्षेत्रमा राज्य बिस्तारको प्रयास कमै गरेका छन चाहे ती [[राजा मानदेव]] हुन, चाहे जुम्लाका राजा जितारी मल्ल हुन या उपत्यकाका राजा [[जययक्ष मल्ल|यक्ष मल्ल]] वा त पाल्पाका राजा मणिमुकुन्द सेन अथवा गोरखाका राजा [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]] नै किन नहुन। नभन्दै इलामको घरमा जे पाक्छ जस्तो खाइन्छ प्राय त्यस्तै नै [[दार्जीलिङ]] देखि जलपाइ गुडी सम्म खाइन्छ त्यस्तै डोटीकै जस्तो चलन र बैतडीका जस्तै चन्द हरू सिमलामा पनि पाइन्छन्।
 
नेपालको इतिहासमा नेपालो स्पष्ट हुनसकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ। राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोराहरूमा आफ्नै जीवनकालका बाडेर गए । तर राजा पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुन विभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए।अहिलेकोगए। अहिलेको नेपाल पृथ्वीनारायण शाहले शुरू गरेको एकिकरण अभियान अन्तर्गत कै भूभाग हो।
 
आधुनिक नेपालको एकिकरण सत्रौ सताब्दीमा शुरू भइ अठारौ सताब्दीको शुरूवात तिर नेपाल अंग्रेज युद्ध पछि पूर्ण विराम लागेको थियो। नेपालको एकिकरण अभियानकमा हजारौ टिष्टादेखि कांगडा सम्मका नेपाली सहभागी भएका थियथिए । त्यसैगरी हिमाली जाती देखि मुसलमान र तराइका [[थारु जाति|थारू]] तथा [[दनुवार जाति]]को समेत सहभागीता थिए। नेपाल एकिकरण अभियान जहाँ पुग्थ्यो त्यहीका नेपालीहरू त्यसभन्दा अगाडिको बिजय अभियानका लागि सहभागी हुने गर्थे। आधुनिक नेपाल एकिकरण अभियानको उत्सर्गमा पुग्दा नेपाली हरू पश्चिममा कांगडा तथा पूर्वमा टिस्टा नदी तरेर पारी पुगेका थिए।
 
पृथ्वी नारायण शाहले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुंग गोरखा)मा राज्य गरिरहेको शाहवंसलाई पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदिए। पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पछि नेपाल एकिकरण अभियान बुहारी [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्र लक्ष्मी]], छोरा [[बहादुर शाह]] लगायतले अगाडि बढाइ रहे। नेपाल एकिकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती गिर्वाण विक्रम शाह र जनरल भिमसेन थापाका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाई [[नेपाल अंग्रेज युद्ध|एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] पनि भनिन्छ पछि भयो।
 
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठूलो बिशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतराञ्चल राज्य , हिमाञ्चल राज्य तथा पन्जावका पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर [[टिष्टा नदी]] सम्मको तराइ तथा पहाडी भूभाग [[ब्रिटिश इस्ट इण्डिया कम्पनी]] सरकारलाई [[सुगौली सन्धि|सुगौली सन्धी]] अन्तर्गत सुम्पनु पर्‍यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्‍यो। तर बृटीसले नेपाललाई १८२२ मा मेची देखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]को क्रियाकलापबाट खुसी भएर राप्ती देखि माहाकाली बिचको तराइ भूभाग नयाँ मुलुक ( हालको बाँके, बर्दिया , कैलाली र कञ्चनपुर ) बि.सं. १९१७ मा फर्काएका थिए।
 
== नेपाल एकिकरणमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू । ==