"ढकाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
 
=='''धर्म''' ==
ढकालहरु उपमन्यु गोत्रीय ब्राह्मण हुन् । उपमन्यु गोत्रका धेरै थरहरु छन् । उपमन्यु ऋषिका शिष्य वा सन्ततिहरु नै उपमन्यु कहलाएका हुन् । उपमन्यु गोत्रिय ब्राह्मण एवं उपमन्यु ऋषिका चेला उत्तराधिकारीहरु मुस्लिम दङ्गा पश्चात् कान्यकुब्जबाट वर्तमान नेपालको अछाम जिल्लाको ढाकु भन्ने स्थानमा बस्न थालेका हुन् । ढाकुमा बस्न थालेबाट नै उनीहरुको परिचय ढाक्कालय बाट हुन थाल्यो । उपमन्यु शिवभक्त हुनाले बसाई सरेर आउनेले कुल पूजा परम्परा अनुरुप शिव प्रतिक डमरु लिएर आएको विश्वास गरिन्छ । डमरुलाई संस्कृतमा ढक्का पनि भनिन्छ । त्यस स्थानमा उनीहरु आएर बस्दा शिव प्रतिक डमरुलाई ल्याएर राखी पूजा गर्न थाले । डमरुलाई ढक्का र राख्ने ठाँउलाई आलय भन्दा ढक्कालय भएको विश्वास छ । ढक्का राखेको ठाँउ ढाकु भन्ने नामले प्रचलित भयो । त्यसै गरी ढक्का+आलय मिलेर ढक्कालय बन्यो । ढक्कालय नै त्यहाँ रहने र बाहिरिनेको स्पष्ट परिचय बन्यो । नेपालीहरुका प्रायः थरहरुमा यस्तो पाईन्छ । खनमा घर हुने खनाल, पौडीमा घर हुने पौड्याल, सिग्दीमा घर हुने सिग्देल, भुर्तिमा घर हुने भुत्र्याल, ज्ञवामा घर हुने ज्ञवाली प्रसिद्ध छन् । पञ्जावको हरियाणा क्षेत्रमा ढकाल नामक प्राचीन स्थान प्रसिद्ध छ । नेपालमा रहेका ढकालहरुको पनि सोही स्थानसँग केही सम्बन्ध रहेको हुनसक्छ । यसको अध्ययन अनुसन्धान हुनु अत्यन्त जरुरी छ
 
पञ्जावको हरियाणा क्षेत्रमा ढकाल नामक प्राचीन स्थान प्रसिद्ध छ । नेपालमा रहेका ढकालहरुको पनि सोही स्थानसँग केही सम्बन्ध रहेको हुनसक्छ । यसको अध्ययन अनुसन्धान हुनु अत्यन्त जरुरी छ । नेपालमा शाहवंशभन्दा अगाडि देखि नै ढकालहरु नेपालका विभिन्न स्थानमा छरिएर रहेका छन् ।
 
संस्कृति
ढकालहरुका आराध्य मस्टो
हाम्रा पूर्वजहरुले गर्दै आएको कुलपूजा नितान्त प्रकृति पूजा नै हो । मस्टो भनेकै नाग, सिमे, भूमे, वायुकै अधिष्ठाता हुन् । जलको पूजा गर्न नागको पूजा गरिन्छ । सिमेको पूजा तिहारमा गरिन्छ । जसमा लक्ष्मी पूजा र गोवर्धन पूजा पर्दछन् । कुलपूजा हुनु अगावै अघिल्लो दिन कुलपूजा गर्ने स्थान वा मन्दिरमा सबै कुलबन्धुले टेकेको भूमि नभासियोस् भूमिमा आश्रित रहेको पाप मेटियोस् भनेर भूमे पूजा गरिन्छ । अन्न दिने खेत खनेजोतेको पाप मेटियोस् अन्नबालीमा रोग नआओस् भनेर खेतमा हरेलो पूजा गरिन्छ जसलाई वायु पूजाअन्तर्गत राखिन्छ । नयाँ अन्न खाने दिन हवन गरेर खाने प्रचलन छ । गोठमा बस्तुभाउ राम्रा हुन् भनेर गोठधुप दिइन्छ । यसमा मूलतः श्रीकृष्णसहित पञ्चपाण्डवको पूजा गरिन्छ । पञ्चपाण्डवलाई वायुस्वरुप गैडु र श्रीकृष्णलाई गोसाँई भनेर पूजा गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/ढकाल" बाट अनुप्रेषित