"जनै" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ।
 
 
जनै लगााउँदा निम्न मन्त्र पढ्दै लगान्छ, ''येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामी रक्षे मा चल मा चल ।।'' -अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु । तपाईंको रक्षा होस्) ।
 
 
एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन् । नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ । सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ । चार वर्ष पूरा गरी पाँच्ाौं वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवनावधि ९६ वर्ष रहेको कुरा जनाउँछ । यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ । जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन् । यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन् । त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो ।
"https://ne.wikipedia.org/wiki/जनै" बाट अनुप्रेषित