"रामकृष्ण परमहंस" का संशोधनहरू बिचको अन्तर

एक दिन परमहंसले अमला माग्नु भयो। त्यतिवेला अमलाको मौसम थिएन। नाग महाशयले खोज्दै जाँदा वनमा एक रुखको तल्लो भागमा ताजा अमला राखीएको पाउनु भयाे र त्यो अमला रामकृष्णलाई दिनुभयो। रामकृष्ण ले भन्नु भयो की मलाई थाह थियो की तिमि नैं लिएर आउँनेछौ। तिम्रो विश्वास सच्चा छ।
 
रामकृष्ण परमहंस जीवनको अन्तिम दिनहरूमा समाधिको स्थितिमा रहनु हुन्थ्यो । असक्त शरिर शिथिल हुन लाग्यो । शिष्यहरु स्वास्थ्यमा ध्यान दिन प्रार्थना गर्दा अज्ञानता ठानेर हाँसी दिनुहुन्थ्यो। उहाँका शिष्य ठाकुर नामले पुकारिन्थे। रामकृष्णका परमप्रिय शिष्य विवेकानन्द केही समय हिमालयका कुनै एकान्त स्थानमा तपस्या गर्न चाहनु हुन्थ्यो । यही आज्ञा लिन जब उहाँ गुरूका नजीक जानु भयो तब रामकृष्णले भन्नुभयो की वत्स हाम्रो आश्रम क्षेत्रका मानिस भोकदेखि तडपी रहेका छन्। चारैतर्फ अज्ञानको अंध्यारो छाएको छ। यहाँ मानिस रुँदै छन तर तिमी भने हिमालयको कुनै गुफामा समाधिको आनन्दमा निमग्न रहँने कुरा के तिम्रो आत्माले स्वीकार्नेछ ? गुरुको यस्तो आदेशवाट स्वामी विवेकानन्द दरिद्र जनको सेवामा लाग्नु भयो । रामकृष्ण परमहंश महान योगी, उच्चकोटिका साधक अनि विचारक हुनुहुन्थ्यो । सेवालाई ईश्वरीय पथ मानेर अनेकतामा एकताको दर्शन गर्नु हुन्थ्यो। सेवादेखि समाजको सुरक्षा समेत चाहनु हुन्थ्यो । जब डाक्टरहरूले घाँटीको कैंसर भएको बताएर समाधि लिने र कुराकानी गर्नका लागि वन्देज गरे तब पनि उहाँ मुस्कुराउनु भयो। उपचार गर्नमा रोक लगाएतापनि स्वामी विवेकानन्दले उपचार भनै गराइ नै रहनु भयो । स्वामी विवेकानन्दले काली माँ संग रोग मुक्तिका लागि विन्ती गर्न अनुरोध गर्दा परमहंसले यस शरिरमा माताको अधिकार छ त म के भनुँ, माताले मेरो लागि राम्रो नैं गर्नु हुनेछ भनी मानवताको लागी मंत्र दिनु भयो । उहाँको भौतिक शरिर १५ अगस्ट, १८८६ मा ५० वर्षको आयुमा पंचतत्वमा विलीन भयाे
===मृत्यु===
सन् १६ अगस्त १८८७ ब्रह्ममुहुर्तको समयमा ५० वर्षको अल्पायुमा महासमाधिद्वारा उनको पञ्चभौतिक शरिर पंचतत्वमा विलीन भयाे ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/692003" बाट अनुप्रेषित