"रामकृष्ण परमहंस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
सात वर्षको अल्पायुमा नैं गदाधरका बुबाको मृत्यु भयो । यस्तो विषम परिस्थितिमा पूरा परिवारको भरण-पोषण गर्न कठिन थियो। आर्थिक कठिनाइ आयो। बालक गदाधरको साहस कम भने थिएन । उनको दाजु [[कलकत्ता]]मा एक पाठशालाका सन्चालक थिए। तिनले गदाधरलाई आफु सँँग कलकता लगे । रामकृष्णको अन्तर्मन अत्यन्त निश्चल, सहज र विनयशील थियो। संकीर्णताहरूदेखि धेरै टाढा थिए। उनी सदा आफ्नो कार्यमा लागी रहन्थे।
 
===अध्ययन तथा दक्षिणेश्वर===
सतत प्रयास पछि पनि रामकृष्णको मन अध्ययनमा लाग्न सकेन । [[कलकत्ता]]को नजीक दक्षिणेश्वर स्थित काली माताको मन्दिरमा उनको दाजुले पुजारीको दायित्व सुम्पिए। रामकृष्ण यसमा पनि रम्न सकेनन्। केही समय पछि दाजुको पनि मृत्यु भयो । भित्रदेखि मन नपरे पनि ऊनी मन्दिरमा अवस्थित काली माताको पुजा अर्चना गर्न थाले । रामकृष्ण माता कालीका आराधक भए । बीस वर्षको अनवरत साधना पश्चात माताको कृपाले उनलाई परम दिव्य ज्ञान प्राप्त भयो। उनको प्रिय शिष्य स्वामी विवेकानन्दले एक पल्ट उनलाई सोघ्नु भयो महाशय के तपाईले ईश्वरलाई देख्नु भएको छ? महान् साधक रामकृष्णले उत्तर दिए हो मैले देखेको छु ।जसरी तिमीलाई देखि रहेको छु ठीक त्यसरी नै । तर त्यो भन्दा झन धेरै स्पष्ट रूपमा । उनी स्वयंको अनुभूतिले ईश्वरको अस्तित्व सम्मको विश्वास दिलाउथे । उनी आध्यात्मिक,सत्यवादी, ज्ञानको प्रखर तेजदेखि भक्ति ज्ञानका प्रदर्शक थिए। काली माताको भक्तिलाई अाह्वान गरेर उनी भक्तहरूलाई मानवताको पाठ पढाउथे ।
रामकृष्णका शिष्य नागले गंगातटमा जब दुई मानिसहरूलाई रामकृष्णलाई गाली गर्दै गरेको सुने तब क्रोधित भए । तर उनीहरूको मनमा श्रद्धा जगाएर रामकृष्णको भक्त बनाइदिए । सच्चा भक्तिको कारण दुवैलाई रामकृष्णका चरणहरू छुवाएर माफ माग्न लगाउए । रामकृष्ण परमहंशले तिनलाई क्षमा गरिदिए ।