"गोरखनाथ" का संशोधनहरू बिचको अन्तर

Guru_Gorakhnath_.jpg हटाईंदै, कमन्समा Christian Ferrerले Copyright violation; see Commons:Licensing (F1) - को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्|thumb|Guru Gorakhnath गुरु गोरखनाथ ]]{{मान्यता}}'''गुरु गाेरखनाथलाइगाेरखनाथ''' प्रत्येक धर्म, सम्प्रदायले विभिन्न स्वरूपमा मानिअाएकाे सन्दर्भमा आफ्ना परम्परा र संस्कृतिभित्रै बसेर पनि सबैले गुरु गाेरखनाथलाइ स्थान दिएका छन् । के हिन्दु, के मुस्लिम, के इसाइ, के बुद्धिष्ट सबैले उहाँलाइ विभिन्न स्परूपमा स्वीकारी मान्दै अाइरहेका छन् र उहाँकाे अाशीर्वाद अनुकम्पाले अाफ्ना मनाेरथहरू पूरा गरिरहेका छन् ।
* महायाेगी गुरु गाेरखनाथकाे उत्पत्तिसम्बन्धमा भारतका विद्वान् लेखकहरूले धेरै ठाउँ उल्लेख गरेका छन् । महायाेगीकाे उत्पत्ति पाकिस्थानकाे रावलपिण्डीमा बाह्राैँ शताब्दितिर भएकाे जनश्रुति पाइन्छ । याे जनश्रुति मराठी भाषीमा भए पनि अन्य भाषाहरूमा पनि पाइएकाे इतिहासकारहरू बताउँछन् । विशेष महत्त्वकाे जनश्रुति यसप्रकार छ ( हालकाे पाकिस्थानमा पर्ने रावलपिण्डीकाे गाउँकाे कुनै एक घरमा अलख निरंजन काे अावाज सुनिन्छ । यस अावाजसँगै एकजना बाबा भिक्षा माग्न अाएकाे ठानी घरभित्रबाट एउटी महिला भिक्षासहित बाहिर निस्किन्छिन् । महिला चिन्ताग्रस्त देखिएकीले बाबाले त्यसकाे कारण साेध्नुहुन्छ । गहभरी अाँशु बनाउँदै विवाह भएकाे धेरै वर्ष भैसकेकाे र हालसम्म पनि अामा बन्ने साैभाग्य प्राप्त नभएकाे , सबै छिमेकीहरूले अलच्छिनी पापिनी अादि भनी लाञ्छना लगाएर अपहेलना गरेकाे दुःखेसाे ती महिलाले बाबासमक्ष राख्छिन् । महिलाकाे यस्ताे अवस्था देखि बाबालाइ दया जाग्छ र उहाँले कृपास्वरूप बुटी खान दिनुहुन्छ । बाबाले उक्त महिलालाइ वरदान दिँदै भन्नुहुन्छ भगवान् शिवकाे कृपाले छिट्टै नै तिम्राे संस्कारी पुत्रकाे जन्म हुन्छ । महिलाले उक्त बुटी खानकाे लागि के साेचेकी मात्र थिइन् बाबासँगकाे संवाद सुनिरहेकी एउटी छिमेकि महिलालाइ इर्ष्या जाग्छ । उक्त छिमेकीले तत्कालै शंका व्यक्त गर्दै अति हाेच्याएर यस्ताे भिख मागेर हिँड्ने जाेगीले दिएकाे बुटी खाएर कहीँ बच्चा हुन्छ ? बच्चा त भगवान्काे देन हाे । भगवान्काे कृपाले मात्र सम्भव छ भनी तिखाे वचन लगाएकाे रीसकाे झाेँकमा ती महिलाले बाबाले दिनुभएकाे बुटीलाइ विश्वासै नगरी फाेहाेर फाल्ने ठाउँमा फ्याँक्छिन् ।
"https://ne.wikipedia.org/wiki/गोरखनाथ" बाट अनुप्रेषित