"बराह अवतार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ५:
[[File:Vishnu_in_his_incarnation_as_a_boar_and_Hiranyaksha.jpg|200px|right|thumb|बराह भगवान्]]
पौराणिक कालमा [[कश्यप|कश्यप ऋषि]]की पत्नी [[दिति|दिती]]लाई गर्भ रहेको ३ वर्ष सम्म पनि बच्चा जन्मिएन। यो देखेर सबै देवताहरू र ऋषी कश्यप [[ब्रह्मा|ब्रम्हाजी]] सँग सोध्न गए। ब्रह्माजीले सबै कुरा सुने आफ्नो योग दृष्टी लगाए। त्यसपछी ब्रह्माजीले सबैलाई गर्भबाट २ वटा बालकहरू जन्मिने तर अनिष्टकार बालकको जन्म हुने बताए । यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए। केही दिन पछाडी दितीको गर्भबाट [[हिरण्याक्ष]] तथा [[
हिरण्याक्ष ठूलो भए पछि महाबली [[असुर]] भयो। ब्रह्माजीको कठोर तपश्या गरेकाले ब्रह्माजीले हिरण्याक्षलाई इछ्छा अनुसारको बरदान माग्ने अनुमती दिए। ब्रह्माजीको आज्ञा पाएर हिरण्याक्षले सँधै अमर रहन पाउने बरदान माग्यो। ब्रह्माजीले जन्मिएपछी मर्नु पर्छ अमरताको बरदान दिन सकिदैन यो बाहेक केही अरु बरदान माग्ने कुरा राखे तर हिरण्याक्ष आफु अमरता बाहेक अरु कोही बर नमाग्ने ढिट गर्न थाल्यो। हिरण्याक्षले गरेको तपश्यालाई ध्यानमा राखेर ब्रह्माजीले जनावर बाहेक मनुष्य, देवता, यक्ष, किन्नर, आदी कसैको हातबाट मृत्यु नहुने बरदान दिए। हिरण्याक्षले जनावर सामान्य नै हो भन्ने सोच गरेर ब्रह्माको बरदान स्विकार गर्यो तै पनि जनावर जो आमाको कोखबाट पैदा नभएको जनावरले मात्र मार्न पाउने बचन राखेरै छोड्यो। ब्रह्माको बरदान पाएर हिरण्याक्षले जता ततै उत्पात मचाउन थाल्यो। यसरी उत्पात मचाउदै जनावरहरू यसै पृथ्वीमा छन् यो पृथ्वी नै जलमा डुबाइ दिँदा आफु सँधै जिवित रहने छु भन्ने मनसायले एक दिन पृथ्वीलाई लात्तीले हानेर पाताल पुर्याई दिए। तब सारा चराचर जगत नै जलमग्न भयो। यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर [[विष्णु|भगवान बिष्णु]]को आराधना गरे।
|