"बलि राजा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''महाबलि''' वा  '''बलि राजा''', प्राचीन हिन्दु मिथक पौराणिक कथा अनुसार एक दानवीर असुर राजा थिए ।  राजा बलि हिरण्यकशिपुका पनाति , [[प्रह्लाद]]का नाति र विरोचनका पुत्र थिए  । हिराण्यकशेपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान विष्णूले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो ।
 
अश्वमेघ यज्ञ  समापन गरिरकेको बेलामा, वामन रूप मा ब्राह्मण वेशधारी [[विष्णु]] उपस्थित भए । वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यो वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब शुक्रचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए। [[वामन अवतार|वामन]]ले तीन पाउँ जमिन / भुमि दान मागे र संकल्प पूरा हुने बित्तिकै विशाल रूप धारण गरेर  प्रथम दुई पाउँले पृथ्वी र स्वर्ग ओगटे। बाँकी दानको लागि बलिले आफ्नो शिरको नाप दिए ।  <ref>{{citeश्रीमद web|url=http://bhagavata.org/canto8/chapter21.html|title=Srimad Bhagavatam: Cantoभागवत 8अध्याय - Chapterपाठ 21}}२१</ref> भगवानले बलिलाई पाताल लोकमा केहि समय बस्न लगाए  ।<ref>{{cite web|url=http://prabhupadabooks.com/sb/8/21/34|title=PrabhupadaBooks.com Srila Prabhupada's Original Books|publisher=}}</ref> बलिको भक्ति र उदारता देखेर वमनले उनलाई मनु को समयमा [[इन्द्र]] हुने बरदान दिए ।<ref>{{cite web|url=http://prabhupadabooks.com/sb/8/22/31|title=PrabhupadaBooks.com Srila Prabhupada's Original Books|publisher=}}</ref>
 
बलि उदार, परोपकारी, दयालु र दानवीर राजा थिए । उनको शासनको समयलाई एक समृद्ध र खुसियालीको युग मानिन्थ्यो । वास्तवमा उनको यहि सफलताले देवताहरु उनी देखि चिन्तित हुन् थाले र [[वामन अवतार]]को सहयोगबाट उनको पतन गराए ।  आफ्नो मृत्युको विषय बाट चिन्तित रहेका आफ्ना प्रजाहरुको मन् शान्त पार्न, उनलाई प्रत्येक वर्ष दिपावली पर्व मा एक पटक पृथ्वीमा फर्कने अनुमति दिइएको थियो ।<ref>{{cite web|url=http://www.onamfestival.org/king-mahabali-onam.html|title=King Mahabali and Onam,Legend of King Mahabali,Story of King Mahabali|last=Gupta|first=Siddhartha|publisher=}}</ref>
 
== यो पनि हेर्नु होस् ==
पङ्क्ति १८:
| id="48" rowspan="1" style="width: 30%; text-align: center;" |उत्तराधिकारी<br />[[बाणासुर]]<br />
|}
 
[[श्रेणी:असुर]]
[[श्रेणी:भक्त]]
[[श्रेणी:चिरञ्जीवि]]
[[श्रेणी:वैष्णव]]
[[श्रेणी:भागवत पुराणका पात्र]]
"https://ne.wikipedia.org/wiki/बलि_राजा" बाट अनुप्रेषित