"वानीरा गिरि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६३:
==शिक्षा तथा कार्य जीवन==
 
वानिरा गिरी चार वर्ष हुँदा देखि नै नेपाली वर्णमाला पढ्न थालिन् । त्यति बेला उनी आफ्नै गाउँको स्कट मिसन स्कुलमा भर्ना भएकी थिइन् । त्यस स्कुलमा उनले छैटौँ कक्षा उत्तीर्ण गरिन् । उनी कक्षा एकदेखि छसम्मछ सम्म पढाइमा प्रथम भइरहिन् । त्यसपछि उनलाई त्यहीँको सेन्ट जोसेफ स्कुलमा स्थानान्तरण गरियो । त्यहाँ पनि उनी कहिले कक्षामा प्रथम र कहिले द्वितीय हुन्थिन् । साथै त्यही स्कुलबाट उनले २०१६ सालमा एस.एल.सी. पास गरिन् । उनले स्नातक गरेपछि एम.ए. पढ्न २०२२ सालमा काठमाडौं आइन् र एम.ए.मा भर्ना लिइन् । भारतीय विद्यार्थीलाई नेपाली पढ्ने श्री ५ महेन्द्र छात्रवृत्तिअन्तर्गत नै उनले भर्ना पाएकी थिइन् । उनले [[त्रिभुवन विश्वविद्यालय]]बाट नै एम.एड्. पनि गरिन् । पढाइमा उनको हौसला अझै चुलिँदै गयो । त्यसपछि उनले विद्यावारिधि पनि गरिन् र आफूलाई मन पर्ने कविलाई पीएच्.डी.को विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद ।’ यसै विषयमा वानिराले पीएच्.डी. गरिन् र नेपाली साहित्यमा पीएच्.डी. गर्ने उनी प्रथम नारी भइन् ।<ref name="rabinsxp1"/><ref name="HimalayanVoices"/>
 
==व्यक्तिगत जीवन==
"https://ne.wikipedia.org/wiki/वानीरा_गिरि" बाट अनुप्रेषित