"प्रताप मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:NP-KTM-d-s-pratap-malla.jpg|thumb|Statue of Pratap Malla with his wives and sons at Hanuman Dhoka Palace.]]
'''प्रताप मल्ल''' मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म (३३ बर्ष) रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । यिनका बाबु [[लक्ष्मीनरसिंह मल्ल|लक्ष्मी नरसिंह मल्ल]] हुन् । १५ भाषाका ज्ञाता प्रताप मल्ल कुचविहारबाट डोला झिकाई विवाह गर्ने राजा हुन् । हनुमान ढोकाको मुर्ति, काल भैरवको स्थापना, [[रानी पोखरी]]बीचको जलेश्वर महादेवको मन्दिर, पशुपति कोटिलिगं, दक्षिणकालीको मन्दिर निर्माता तथा [[हनुमान ढोका दरबार]] भित्र सुन्दरीचोक, नासलचोक, नरसिंहचोक, कालीचोक बनाउने र बुढानिलकण्ठ देखि हनुमान ढोकासम्म पानी ल्याउने कुलो बनाउने राजा प्रताप मल्ल हुन् । प्रताप मल्लको पालाको १५ भाषामा लिखित शिलालेख हनुमान ढोकामा रहेको छ । यिनै मल्ल राजाको पालादेखि राज परिवारका सदश्यले बुढानिलकण्ठको दर्शन गर्ने छोडेका हुन् । प्रताप मल्लले छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोक पिडित भएकी रानीलाई सान्तवना दिनको लागि वि.स. १७२७ मा [[रानी पोखरीकोपोखरी]]को निर्माण गरेका थिए । तान्त्रिक शक्तिद्धारा काल भैरवलाई हसाउने र मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा प्रताप मल्ल हुन् । <ref> youtube ''नेपालको इतिहास सम्बन्धि सामान्य ज्ञान भाग-2'' ।</ref>
 
==यो पनि हेर्नुहोस्==
 
* [[महिन्द्र मल्ल]]
* [[जयप्रकाश मल्ल]]
* [[रणजीत मल्ल]]
* [[जयस्थिति मल्ल]]
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/प्रताप_मल्ल" बाट अनुप्रेषित