"हमास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३३:
हमासको स्थापना इजेप्टेली संगठन मुस्लिम ब्रदरहूडको शाखाको रुपमा १९८७ मा भएको थियो । यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण , प्रतिरोधी र [[प्यालेस्टिनी मुक्ति संगठन]] पि.एल.ओ. बिरोधि रहेको थियो । सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट  [[प्यालेस्टाइन]]को मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।
 
हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृंखला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र , २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रुपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।<ref>{{Cite web|url=http://freebeacon.com/national-security/hamas-rockets-from-gaza-target-haifa-reach-far-into-northern-israel/|title=गाजा बाट हमासकाे रकेटहरू, लक्ष्य हाइफा उत्तरी इजरायलमा पुगेका छन्|website=वासिङ्टन फ्रि बाेकन|accessdate=July 17, 2015}}</ref> नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रुपमा लिने गरेको छ ।
 
२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।<ref name="BBC-Hamas-who">{{cite news|title=हामास काे हुन्?|publisher=बिबिसी समाचार|date=२६ जनवरी २००६|url=http://news.bbc.co.uk/2/hi/middle_east/1654510.stm|location=लन्डन}}</ref> उक्त निर्वाचन पछी , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र संघ र युरोपेली संघ ) ले अहिंसा, इजरायललाई मान्यता दिने र पुर्व सम्झौताको पालाना गर्ने भावी सरकारको प्रतिबद्धता
सर्तमा बैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछी चौकडीले बैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो ।  त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । <ref name="iht.com">{{cite news|url=http://usatoday30.usatoday.com/news/world/2007-08-09-gaza-economy_N.htm|title=यदि नाकाबन्दी जारी रही रहयाे भने गाजाले आर्थिक आपदाको सामना गर्न सक्छ|work=युएसए टुडे|agency=एसाेसिएटेड प्रेस|date=२९ मार्च २००९|accessdate=October 9,अक्टोबर 2013२०१३}}</ref>२०११ मा, हमास र फताहले गठबन्धन गर्ने सम्झौता गरे र त्यो बाट संयुक्त कामचलाउ प्यालेस्टिनी सरकार गठन भयो ।
 
== शब्द-व्युपत्ति ==
"https://ne.wikipedia.org/wiki/हमास" बाट अनुप्रेषित