"द्वारिकादेवी ठकुरानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
→‎सन्दर्भ सामग्रीहरू: पहिलो महिला द्वारिकादेवी ठकुरानी
पङ्क्ति १:
पहिलो महिला द्वारिकादेवी ठकुरानी{{dead end|date=जुन २०१३}}
 
'''द्वारिकादेवी ठकुरानी''' नेपालकी पहिलो महिला मन्त्री हुन्। यिनी [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को तर्फबाट २०१६ सालमा स्वास्थ्य र स्थानीय सहायक मन्त्री बनेकी थिइन्।
पङ्क्ति ९:
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपालमा पहिलो]]
'''''आवाज नेपाल'''''
 
काठमाण्डौ । नेपालको पहिलो महिला मन्त्री को हुन ? सामान्य ज्ञानमा सहज रुपमा भेटीने प्रश्न हो यो । नेपालमा महिलाको इतिहासलाई पल्टाउँनु पर्दा सर्वप्रथम त महिला मन्त्रीको नाम अगाडि आउँछ । नेपालको मन्त्री नियुक्त पहिलो महिला द्वारिकादेवी ठकुरानी तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य र स्थानीय सहायकमन्त्री नियुक्त भएकी थिइन् ।
 
यो नेपालको मन्त्रिपरिषद्को इतिहासमा पहिलो महिला उपस्थिति त छँदै थियो नै, दक्षिण एसियामै मन्त्री हुने पहिलो महिलाको इतिहास बनेको थियो । स्वर्गीय द्वारिकादेविको जन्म विस १९७२ कार्तिक १२ गते आमा राधिका पन्त र बुबा बामदेब पन्ताको कोखबाट डोटीको जैनोली गाउँमा भएको थियो । पन्त परिवार सुदुरपश्चमकै एक सु–शिक्षित र सु–संस्कृत परिवार भएकाले उनलाई आफ्नै घरमा शिक्षा–दिक्षा तथा धार्मिक महाभारतको ज्ञान प्राप्त भएको थियो ।
 
सानै उमेरमा उनले सम्पुर्ण भागवत गिता र महाभारतका श्लोकहरु कण्ठ गरेकि थिईन । सिकेका ति ज्ञानलाई आफ्नो जिनवमा उतार्नुका साथै अरुलाई समेत सिकाउँने गर्दथिईन । सुदुरपश्चिमको महत्वपुर्ण केन्द्र अर्थात सरकारी कामकाजको महत्वपुर्ण थलाको रुपमा रहेको डोटीमा समाजसेवि उद्व बहादुर चन्द आउँने जाने क्रममा द्वारीकासँग भेट भयो र प्रेमसम्बन्ध सुरु भयो । अन्तत विस १९९२ मा द्वारीका र चन्दविच विवाह भएको थियो । विवाह पश्चात द्वारिकादेविले आप्नो राजनीतिक यात्रा सुरु गरेकी थिईन । २००३ सालमा पति चन्द र द्वारीकाले नेपाली कांग्रेको पार्टी सदस्याता लिएका थिए । द्वारिकादेविको सक्रिय नेतृत्व र स्थानीय जनसहभागितमा तल्लो सोराठका मणिलेकमा २००४ मा मणिलेक हाईस्कुलको समेत स्थापना गरियो ।
 
मुलुकमा एकतन्त्रीय राणाशासन विरुद्धका आवाजहरु उठ्न थालेका थियो । प्रजातन्त्रका लागी सुदुरपश्चिमा पुरै क्रान्तीको सुरुवात भयो । उक्त क्रान्ती एन डी प्रकास चटौत, उद्व र द्वारीकाले नेतृत्व गरेका थिए । प्रजातन्त्रको लडाई लड्दै जाँदा द्वारीकाका पति उद्व ३२ दिने जेल समेमत परे । अन्तत विपि कोईराला लगायत धेरैको जनाको संघर्ष पछि २००७ सालमा राणाशासनको अन्त्य भएर प्रजातन्त्रको स्थापना भयो ।
 
प्रजातन्त्र स्थापना पछि २०१० सालमा उद्व बहादुर चन्दको हृदयघातबाट निधन भयो । पतिको निधन भएपछि सम्पुर्ण जिम्मेवारी द्वारीका देविको काधमा आयो । पार्टीको जिम्मेवारी समेत उनको काधमा आएकाले पार्टीबाट आयोजित विभिन्न कार्यक्रमको संयोजकत्व द्वारीकाले गर्नु पर्दथ्यो । २०१४ सालमा सुदुरपश्चिमको पार्टीका होनहार मानिने एन.डी प्रकाश चटौतको पनि दुर्घटनामा मृत्यु भए पश्चात द्वारीका माथि थप जिम्मेवारी आयो ।
 
प्रजातन्त्र स्थापना पछि २०१५ सालमा आम चुनावको घोषना भयो । उक्त चुनावमा सुदुरपश्चिम डडेलधुरा ६६ क्षेत्रबाट द्वारीकाले चुनावमा उठिन र भारी मतले समेत विजयी भईन ।ं आम जनताको ठुलो समर्थन पछि द्वारीको जिवनमा अर्कै मोड आयो । भारी बहुमतले चुनाव जितेपछि एसियाको पहिलो महिला संसद मात्र हैन नेपाल तथा एसियाकै इतिहासमा पहिलो महिला मन्त्री समेत बन्न पुगिन । उक्त चुनावमा नेपाली कांग्रेसले दुई तिहाईको बहुमत पाएपछि नेपालको ईतिहासमा विपि कोईराला प्रजातन्त्रको स्थापना पछि पहिलो प्रधानमन्त्री बन्न पुगे । उनले नै गठन गरेको मन्त्रीमण्डलमा द्वारीका देविलाई स्वास्थ्य र स्थानीय सहायकमन्त्रीमा नियुक्त गरियो । उनकै कार्यकालमा प्रत्येक नेपालीको आफ्नै घर, शिक्षा स्वास्थ्याको अधिकार, हेल्थ सेन्टर, हुलाक,थाना लगायको स्थापना भयो । निरन्तर विकासका कार्यहरु दुर्त गतिमा अगाडि बढ्यो । तर १७ महिना मन्त्री मण्डल चल्न नपाउँदै राजाले जन निर्वाचित सरकारलाई बर्खास्त ग¥यो ।
 
२०१७ साल पौष १ गते सरकार बर्खास्त गरी सम्पुर्ण मन्त्रीमण्डल सदस्यलाई नजरबन्द गरायो र जेल चलान गरियो । राजाले सर्मथन गर्ने, जेल जाने वा प्रवास जाने तिन वटा सर्त राखेपछि कोहि जेल गए भने कोहि प्रवासमा गए । विपि गणेशमान, कृष्ण प्रसाद लगायत जेल गए भने अरु नेता प्रवासमा गए । प्रवासमा जाने मध्य द्वारीका पनि एक हुन । प्रवासमै नेताहरुले फेरि क्रान्ती थाले । क्रन्तीका समयमा मिन बहदुर चन्द र द्वारीकालाई थ्रि नट राईफल र ४ हतियार समेत दिईयो । यसैको अडामा उनिहरुले राजा विरुद्ध आवाज उठाउँदै विभिन्न पर्चा पम्पप्लेट बाडे भने भन्सार कार्यालयमा समेत आक्रमन गरे । यो पश्चात राजाले मिन बहादुरलाई मृत्युदण्डको सजाय सुनाईयो भने द्वारीकालाई सर्वस्वहरणको आदेश दिईयो । यसै कारणले घरका अन्य सदस्यलाई समेत मुद्दा चलाई जेल चलान गरियो ।
 
राजा र नेपाली कांग्रेसविच २०२५ सालमा सम्झौता भयो । त्यसपछि द्वारीका लगायतका नेता नेपाल फर्किए । केशरपुर फर्केर उनि त्यसपछि पनि निरन्तर पार्टी र जनताको सेवामा लागिन । पार्टी भित्र धेरै खालका उत्तर चढाब आए । २०३७ सालको जनमतमा द्वारीका देवि र मिन बहादुरले बहुमत पक्षको नेतृत्व गरी प्रचार गर्दा पञ्चहरुको रिसिवीका कारण २०३८ अशोजमा द्वारीकाको नजिकको मानिने मिन बहादुरलाई गोली हानी हत्या गरियो । हत्यापछि द्वारीका सहित परिवारलाई नै राजकाज मुद्दा लगाई थुनामा थुनियो । आफ्नो छोरा सरह मानिने मिन बहादुरको हत्या पछि देवारीका पुर्ण रुपमा टुटिन । यसैकारणले उनले केशरपुर छोडेर धनगडी बस्ने निधो गरिन । २०४२ सालको आन्दोलनमा उनलाई आफ्नै घरमा नजरबन्दमा समेत राखियो । पछि जनआन्दोलन सकिएपछि बैतडीमा नै फर्केर जनतासँग भेटघाट तिब्र पार्नु भयो ।
 
नेपाली कांग्रेको दुर्गती हुन पुग्नु शेर बहादुर देउवाको हात रहेको पछिल्लो समय कांग्रेस नेताहरुको ठम्याई रहेको । २०४८ सालको चुनाव देखि नै कांग्रेसका कार्यकर्ता देउवा सँग रुष्ट देखिन्छन् । २०१५ सालमा चुनाव जितेका नेताहरुलाई २०४८ सालमा सबैलाई टिकट दिने पार्टीले निर्णय गरेको थियो । तर देउवाले नै होनहार नेताहरुलाई चुनाव लड्न टिकट नदिएर बन्चीत गराएका थिए । ति मध्य द्वारिकादेवि पनि एक हुन । आफ्नै पर्टीबाट अन्तरघात भएपछि प्रजातन्त्रको भविष्यका लागी युवाहरुलाई निरास नहुन आग्रह गदैृ पार्टी भित्रका यस्ता तत्वलाई किनारा लगाई अगाडि बढ्न सल्लाह दिने गर्थिइन । अन्ततः २०५९ साल मंसिर २४ गते ८६ वर्षको उमेरमा द्वारिकादेवि ले यो संसारलाई त्यागीन ।
 
उनको सम्झनामा २०६३ साल उनकै भतिजा सुरेन्द्र बहादुर चन्दको पहलमा द्वारिकादेवि ठकुरानी र शहिद मीन बहादुर चन्द स्मृति प्रतिष्ठानकोे कञ्चनपुरमा स्थापना गरिएका छ । स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका सुरेन्द्र बहादुर चन्दले उनको सम्झनामा हरेक वर्ष जन्म र स्मृती दिवसका दिन विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएछन् । द्वारिकाको नाममा पुस्तकालय समेत स्थापना गरिएको छ । यो देशका लागी र नेपाली कांग्रेस पार्टीका लागी ठुलो योगदान दिएकी द्वारिकादेविको योगदानको कदर नभएको अध्यक्ष चन्दको गुनासो छ । उ
 
नका अनुसार सुदुरपश्चिमा रहेको सुदुरपश्चिम विश्व विद्यालय द्वारिकाकै पहलमा स्थापना भएको र उक्त विद्यालयको नाम द्वारीकादेवि राख्ने पहल अगाडि सार्दा पटक पटक पार्टी अध्यक्ष शेर बहादर देउँवाले भाजो हालेको उनको भनाई छ । उनि आफु बाँचुन्जेल यो विश्वविद्यालय द्वारीका नामाकरण गराउँने पहल नछोड्ने बताउँछन् । अध्यक्ष चन्दले नेपालको पहिलो मन्त्री द्वारिकादेवि ठकुरानी नामक पुस्तक समेत प्रकाशन गरेका छन् ।
 
== '''(द्वारिकादेवि ठकुरानी र शहिद मीन बहादुर चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र बहादुर चन्दसँगको कुराकानीमा आधारित)''' ==
{{stub}}