"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
२०३९ सालबाट सुस्ताएको मगर भाषा साहित्यले २०४९ साल पछि पुनः अगाडि बढेको देखिन्छ । खासगरी लोकबहादुर थापामगरद्वारा मगरभाषा लेखेर आम मगर समुदायलाई जागरण ल्याउन हिँडेका थिए । यही कारण राज्यको चरम दमन सहन नसकेर बेपत्ता भएका मगर भाषा साहित्यका आदिकवि जितबहादुर सिजाली मगरको जीवनी प्रकाशनमा आएपछि भने मगर भाषामा लेख्ने साहित्यकारहरूमा एक किसिमको उत्साह छायो । बैरागी नाता मगरको 'छीनीकूङ पु्रङ' कवितासङरग्रह २०४८ र 'मोइओ मीराप' खण्डकाव्य यो नै मगर भाषा साहित्यमा लेखिएको प्रथम खण्डकाव्य हो । यहीँबाट मगर भाषा साहित्यको आधुनिक काल सुरु हुन्छ । २०४८ सालभन्दा पहिले मगर भाषा साहित्यमा कविता मात्रै लेखिएको पाइयो ।
 
== गद्य कविता/गीत गजल ==
 
२०४८ सालमै झुस्या मगरको 'रङ्सीचकूङ लरहीङ' प्रकाशन भयो । त्यसै वर्ष शिवलाल थापामगरको 'ग्याहोट लख छान्नी' प्रकाशन भयो । २०४७ सालदेखि नै रोल्पाका बमकुमारी बुढामगरको सम्पादनमा 'कोन्जा मोरुम' साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन हुँदै आएको छ जसमा विभिन्न मगर भाषामा फुटकर कविता प्रकाशन हुँदै आएका छन् ।
पङ्क्ति २३:
विगतको तुलनामा मगर भाषा साहित्यमा मगर ढुटमा लेख्ने मगर भाषी साहित्यकारको उपस्थिति उत्साहजनक देखिए पनि मगर काईके र मगर खामपाङ भाषा साहित्यलाई कसरी सँगै डोर्‍याउन सकिन्छ गम्भीर चिन्ताको विषय बनेको छ ।
 
== =बालकविता ===
मगर भाषामा बालबालिकाको निमित्त भनेर बालकवितासङ्ग्रह लेखेर प्रकाशित गरिएको छैन । वैरागी नाता मगरले 'लीस' मगर भाषाको कविता सङ्ग्रहमा तीनवटा बच्चालाई गीत गाउँदै भुलाउने बालगीतलाई समावेश गरेको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा मगर भाषाको पाठरयपुस्तक कानङ मगर ढटमा अनुवाद गरिएका र केही बालकविता समावेश गरिएको छ । बालबालिकाको लागि नै फुटकर रूपमा कविता लेख्ने कविहरूमा हेमबहादुर थापामगर (रामेछाप), राजु दर्लामीमगर (रामेछाप), राकेश दर्लामीमगर (रामेछाप) रहेका छन् ।
 
===खण्डकाव्य कविता===
मगर भाषामा लिखित खण्डकाव्य सङ्ग्रह हालसम्म वैरागी नाता मगरद्वारा लिखित 'मैयो मीराप' (आमाको रोदन-२०४९) मात्र रहेको छ । शीर्षक मगर भाषा राखेर नेपालीमा शोषित मगर परिवारको कथावस्तुलाई आधार मानी लेखिएको 'बोई' (बाऊ) प्रगतिवादी कवि रामचन्द्र भट्टराईले लेखेका छन् । मगर भाषाका केही शब्दलाई मात्र प्रयोग गरिएको छ । अथार मगरात क्षेत्रका खाम मगर र काइके मगर भाषामा खण्डकाव्य लेखिएको छैन ।
 
==भाषाका =श्रव्य गीत===
वैरागी नाता मगरको संयोजनमा 'मगर ढटो ल्हीङ्' (मगर भाषाको गीत) नै पहिलो गीतिसङ्ग्रह भएको मानिन्छ । मगर भाषाको श्रव्य गीतितर्फ छविलाल चिडीमगर र टेकचन्द्र गाहामगरको सङ्कलनमा 'सेनिस है लाफाको' (सुन्नुस् है साथीहरू) गीतिसङ्ग्रह पहिलो मानिन्छ । मगर भाषाको पहिलो चलचित्र 'लङ्घन' (प्रयास)को गीतहरू गीतकार सञ्जोग लाफामगरको संयोजनमा गीतकार लीला पुलामीमगर र गौमाया थापामगरको गीतलाई रेकर्डिङ गरी 'लङ्घन' गीति सङ्ग्रहको रूपमा प्रकाशित गरिएको छ । गीतकार सञ्जोग लाफामगरको गीति अडियो एल्बम र सीडीसहितको 'रोहसार' (प्रेमफूल­), बुद्ध भगवान्को स्तृतिमा आधारित मनु थापामगरको संयोजनमा 'बुद्धऔँ चरणाङ' (बुद्धको चरणमा) शीला आलेमगर र बलिसरा थापामगरको संयुक्त रूपमा जुहारी गीतसहितको 'जोडी भालेसा' (जोडी छटेछ) र दुर्गा रायमाझीको संयोजनमा 'भर्महरवाच ग्वाजा' (उडिरहने चरी) गीति एल्बम रहेको छ । पछिल्लो मगर भाषाको गीति एल्बमको रूपमा देखा परेको गीतकार गणेश ठाडामगरको 'लाङघौ रोह'(गाउँको माया २०६२) अडियो एल्बम र सीडीसहित प्रकाशित रहेको छ ।
 
मगर भाषामा गीत लेखी रेकर्डिङ गरी समाजिक, सांस्कृतिक, जातीय चेतनासहित व्यावसायिक रूपमा उन्मुख हुन थाल्नुले गीत-सङ्गीतप्रति मगरहरूको गाढा सम्बन्ध रहेको आभास पाइन्छ । मगर खाम-पाङ भाषामा केही गीत रेडियो नेपालमा रेकर्ड गरिएको छ भने मगर काइके भाषमा गीत रेकर्डिङ गरिएको छैन । खाम-पाङ र काईके मगर भाषामा गीति एल्बम प्रकाशन भएको छेैन । सङरगीतकार भीम रानामगरको गीति एल्बम लाङघौ झामर्‍या(२०६५) बजारमा आएको छ, उजीर रानामगरको मगरढूटमा गीति एल्बम आउँदैछ ।
 
===गजल===
मगर भाषामा मेकबहादुर रानामगरको बीकरच गीन् (दुखेको मन-२०६४) पहिलो गजल सङ्ग्रह हो । नवलपरासीका जनक माकिम मगरको गालाम फोईङ गजल सङरग्रह २०६५ प्रकाशित छ । दिनमान गूर्मछान मगर दिगुद्वारा लिखित मगर भाषा 'मगर भाषा गजल सङ्ग्रह' प्रकाशोन्मुख छ । आशीष सूर्यवंशी मगर निर्दोष (नवलपरासी), रोहितकुमार रानामगर (रूपन्देही) गजलकार भएर पत्रपत्रिकामा देखा परेका छन् ।
 
==भाषामा =हाइकु===
उजीर रानारले फुटकर रूपमा २०६२ सालमा मगर भाषाका हाइकु प्रकाशन गरेका छन् । तनहुका मीन थापामगरले मगर १०१ वटा हाइकु (२०६४) मा प्रकाशन गरेका छन् । यो नै मगर भाषाको पहिलो हाइकु सङ्ग्रह हो । यसबाहेक मगर भाषामा हाइकु लेखिएको पाइएको छैन ।
 
==भाषामा =मुक्तक===
मगर भाषामा मुक्तक सङ्ग्रहको रूपमा प्रकाशित भएको देखिँदैन । रुद्रबहादुर हितानमगरद्वारा लिखित 'लाङघाके आरमेट्नाङ-२०५०' कविता सङरग्रहभित्र केही मुक्तकहरू रहेका छन् । उनकै मुक्तकहरू पत्रपत्रिकामा छापेर मगर भाषाको मुक्तकले मुक्तकको प्रतिनिधित्व गरिरहेका छन् । फुटकर रूपमा टिकाटोली थापामगर (उदयपुर) गणेश ठाडामगर (धनकुटा) का मुक्तक प्रकाशित छन् । गीतकार शिवशङ्कर थापामगरको 'पाइतालाका डोबहरू' (मीहीलऊ मीठापको-२०६३) मुक्तक सङरग्रह मगर भाषामा अनुवादसहित प्रकाशित भएको छ । जनक माकीम मगरको गालाम फोईङ मुत्तक प्रकाशोन्मुख छ ।
 
==भाषाका कथा==
मगर भाषामा लेखिएको टेकबहादुर सारुमगरद्वारा लिखित बडहरे साहिंली (बडहरे साईली-२०५०) मगर भाषाको कथासङ्ग्रहको रूपमा पहिलो रहेको छ । वैरागी नातामगरको सम्पादनमा नेपाल मगर सङरघ जिल्ला कार्यसमिति तनहुद्वारा प्रकाशित मगर कथा सङरग्रह मगर ढुटओ आहान गोहोमोक, -मगर भाषाको कथा सङरगालो(२०६४) र विष्णुकुमार सिञ्जालीमगरको 'ल्हुङ' (ढङरगा-०६४), वैरागी नातामगरद्वारा लिखित फेरफेन ङ नमखान (पूर्व र घाम-२०६४) उजीर रानामगरको मोई झाओ रोहाङर (जन्मभूमिको मायामा-२०६४) शिवलाल थापामगरको 'लप्च रोह' (गहिरो दह २०६५) गरी ६ वटा कथासङ्ग्रह प्राकाशित भएका छन् । सञ्जोग लाफामगरको 'फोक्सिङर वाटरनाङ' (सालको रुख फुल्दा)
 
कथासङ्ग्रह प्रकाशोन्मुख छ । खाम-पाङ भाषामा फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । खाम-पाङ र काईके मगर भाषामा कथासङ्ग्रह प्रकाशित भएको छैन ।
 
==भाषामा =लघुकथा ===
==लोककथा ==
मगर भाषामा लेखिएको छोटा कथा, लघुकथासङरग्रह प्रकाशित भएको देखिँदैन । फुटकर रूपमा अमृता थापामगर, शेर रानामगर (स्याङरजा) टिकाटोली (उदयपुर)का लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
 
===लोककथा ===
मगर दन्त्यकथा मगर भाषा मध्य रणप्रसाद घर्तीमगरद्वारा लिखित खाम-पाङ मगर भाषामा खाम मगर दन्त्य कथा (२०६२) रहेको छ । अन्य मगर ढुट र काईके मगर भाषामा प्रकाशन भएको छैन ।
 
==भाषामा लघुकथा ==
 
मगर भाषामा लेखिएको छोटा कथा, लघुकथासङरग्रह प्रकाशित भएको देखिँदैन । फुटकर रूपमा अमृता थापामगर, शेर रानामगर (स्याङरजा) टिकाटोली (उदयपुर)का लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
 
==उपन्यास (नामररीही)==
Line ६३ ⟶ ६१:
मगर भाषामा नाटक विधामा कसैले कलम चलाएको देखिँदैन । युवराज मास्की रानामगरद्वारा अङ्ग्रेजीमा लिखित मगर नाटकलाई कृष्णबहादुर पुलामीमगरले मगर ढुट भाषामा अनुवाद गरिएको 'मोई' (आमा-२०५०) नाटक र मोदनाथ प्रश्रतिद्वारा लिखित प्रगतिशील नाटक 'पचास रुपियाँको तमसुक'लाई लोकबहादुर थापामगरले अनुवाद गरी प्रकाशित गरेको 'पीराङ् रूप्यौ लूरीक' (२०५०) अनुवादित नाटकहरू नै मगर भाषा नाटकको रूपमा प्रतिनिधित्व गरिरहेको छ । खाम-पाङ मगर र काईके मगर भाषामा नाटक अहिलेसम्म लेख्न सकेको छैन ।
 
==एकाङ्की नाटक==
एकाङ्की नाटककारहरूमा वैरागी नातामगर (तनहुँ), लोकबहादुर थापामगर (स्याङ्जा) रहेका छन् । खाम-पाङ र काईके मगर भाषामा नाटक कृतिको रूपमा प्रकाशित भएको छैन ।
 
==भाषा निवन्ध==
मगर भाषामा शिवलाल थाापाथापा गुरुछानको मीरीक 'निबन्धसङ्ग्रह, २०६६' प्रकाशित भएको छ । अन्य मगर निवन्धकारहरूले कलम चलाउने प्रयास गरेको देखिन्छ । लोकबहादुर थापामगर (स्याङरजा), यमबहादुर आलेमगर (तनहुँ)ले निवन्धको महìवमाथि कलम चलाएको छ । त्यसैगरी खीम थापामगर (स्याङरजा), धनसिं रानामगर (बाँके), पदरमबहादुर चितौरे रानामगर (तनहुँ), पूर्णबहादुर डिसुवामगर (नवलपरासी, प्रेमबहादुर थापा तारुङमगर (तनहुँ), सोम रानामगर (धनकुटा) ले फुटकर रूपमा निवन्ध लेखेका छन् । खाम-पाङ मगर र काईके मगर भाषामा निवन्ध सङ्ग्रह र निवन्धहरू लेखिएको छैन ।
 
===चिनारी/जीवनी===
मगर भाषामा मगर व्यक्तिहरूको जीवनीलाई आधार मानेर चिनारी लेख्ने कामको सुरुवात गरिए पनि निरन्तरता हुन सकेको छैन । मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर र स्व. रेखबहादुर थापा मगरलाई मगर भाषाका आदिकवि भनेर चिनारी गराउने उद्देश्यले लोकबहादुर थापामगरले 'मगराती ढटाङ जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापामगर' पुस्तक लेखेका छन् । विमरलीक पत्रिकामा उहाँद्वारा नै लिखित मिझार रील्हीङ्या रेखबहादुर ठापामगर बारे चिनारी लेखेका छन् ।
 
===समालोचना ===
समालोचना विधामा कलम चलाउनेमा यामबहादुर थापामगर (स्याङ्जा) रहेको छ । लोकबहादुर थापामगरद्वारा लिखित 'रङसीचकुङर ल्हीङर' कविता सङ्ग्रहको समालोचना हो । समालोचनाका रूपमा उनीमात्र अहिलेसम्म देखिएको छ ।
 
==उखान टुक्का/गाउँखाने कथा/चुट्किला==
मगर भाषामा पहिलो उखानटुक्का र गाउँखाने कथासङ्ग्रहको रूपमा वैरागी नाता मगरद्वारा लिखित 'खीस्सा ङेराहान ड पीहिन, २०५५' रहेको छ । मगर समाजमा उखान टुक्का गाउँखाने कथाहरू प्रशस्त मात्रामा भए पनि लिखित परम्पराको विकास नभएको कारण कतिपय उखान टुक्काहरू लोप भइसकेका छन् भने बुढाबूढीहरूको मुखमा झुन्डिएको टुक्काहरू लोपोन्मुख हुने अवस्थामा रहेको छ ।
 
==चुट्किला==
मगर भाषा 'चुटरकिला' लेखेको पाइएको छैन । सङ्ग्रहको रूपमा प्रकाशन भएको पनि देखिंदैन । उदयपुरका टिकाटोलीले 'राहा' पत्रिकामा लेखेको एकमात्र चुट्किला लेखिएको देखिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित