"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
==घटना==
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को निवास नारायणहिटीमा थियो । त्यहाँ उनको सुरक्षाको लागि बिजुली गारत सैन्य टुकुडी थियो। वीर शमशेर, [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्ग शमशेर]], [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]] र [[भिम शमशेर जङ्गबहादुर राणा|भिम शमशेर]] सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रवेश गरे | र भित्र गएर " पेटिकोट भित्रबाट शासन गर्नेको यस्तै गति हुन्छ" भनेर ड्याङ-ड्याङ गोली चलाए । रणोद्दीप सिंहको मृत्यु भयो । मनोहरा दरबारमा जगतजंग राणाको हत्या गरियो ।
 
सैनिक विद्रोह गरी श्री ३ रणोद्दीप सिंहको हत्या गराई [[बाग दरबार|बागदरबार]] पुगेपछि वीर शमशेरले आफ्नो मातहतका ‘चार रेजिमेन्ट’ सेनाका जवानलाई हातहतियारसमेतले लैस गराई बागदरबारलाई चारैतर्फबाट घेर्न लगाई ‘भीमसेनस्तम्भ’ धरहराबाट विगुल फुक्न लगाए । भारदारहरू जङ्गी, निजामती सबै धमाधम आई बागदरबारभित्र पस्न थाले, तर बाहिर निस्कन नपाएबाट धेरैले ‘कोतपर्व’को स्मरण गर्न थाले । वीरशमशेरले भाइ खड्गशमशेरलाई काकाहरूका छोरा, भतिजाहरूलाई पक्री ल्याउन अह्राए ।
 
=== [[जगतजङ्ग राणा]] को हत्या ===
खड्गशमशेरले तुरुन्त ठाउँ–ठाउँमा गारत–सैनिक जवानहरूका टोली खटाई पठाए, तर ती गारतका कमान्डरहरू र सेनाका जवानलाई निज खड्गशमशेरले देख्नासाथै गोली हानी हत्या गरिदिनू भन्ने आदेश दिई पठाए ।
 
गारतमध्ये एक गारत मनहरा दरबार पुगी भूतपूर्व प.क.ज. जगतजंग राणाको नोभेम्बर २१ ता. १८८५ ई. का दिन जम्मा ३७ वर्ष ८ महिनाको उमेरमा ‘सैनिकद्वारा’ गोली हानी हत्या गरियो ।
 
=== नाति जर्नेलको हत्या ===
जगतजङ्ग राणाका छोरा द.क.ज. युद्धप्रतापजंग राणा बहादुर (नाति जर्नेल) आफ्नो थापाथलीस्थित दरबार (हाल थापाथली नेपाल राष्ट्र बैंक सिंह महल) बाट विद्रोहको सूचना पाई ‘ब्रिटिस रेजिडेन्सी–लैन’ मा शरण लिन पुगिसकेका थिए । त्यहाँ अरू शरण लिन पुगेका काकाहरू पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग, हरूले खाली हात आएपछि केले जीविका चलाउने भनेकाले फेरि आफ्नो थापाथली दरबार फर्के । त्यहाँबाट डोकोमा आफ्नो भएको चल सम्पत्ति (रुपैयाँ, जवाहरात, सुन) इत्यादि राखी छोप–छाप पारी नाम्लो लगाई सो डोको बोकी, सुरुवाल फुकाली पटुका बेरी, भोटोमाथि इस्टकोट मात्र लगाई भरियाझैँ नचिनिने बनी फेरि ब्रिटिस–रेजिडेन्सीतर्फ जान लाग्दा (हाल थापाथली माइतीघरबाट आर्मी हेडक्वार्टरतर्फ जाने बाटोको मोडमै ‘टुकुचाको पुल’ जो हाल पनि छँदै छ) सो काठको पुल पुग्नुअगावै युद्धप्रतापजंगले हाल–आर्मी हेडक्वार्टरतर्फबाट गारत आएको देखी उनी सो पुलमुनि लुक्न पुगे ।
 
गारतका जवानहरूले जुद्धप्रतापजंग लुकेको देखी पक्रे । पहिले त जुद्धप्रतापजंगलाई गारतले चिन्न सकेनछ, तर भरियाझैँ भई गएका उत्तरतर्फका कमान्डिङ जनरल स्व. श्री ५ महाराजाधिराज सुरेन्द्रकी जेठी शाहज्यादीतर्फका नाति, स्व. श्री ३ महाराज जंगबहादुरका छोरा मुखिया जर्नेल (जंगीलाठ) जगतजंग कुँवर राणाजीका जेठा छोरा , जो जन्मनासाथै मेजर जनरलको पद पाएकाले नाङ्गै खुट्टा हिँड्न सकेनन्, तसर्थ खुट्टामा मोजा र चाँदीको खिपवाल–बेलायती ‘ब्यारेट कम्पनी’को जुत्ता लगाएकाले गारतले चिनेर निजको त्यहीँ हत्या गरी धन–सम्पत्ति तत्कालीन कमान्डर मेजर ललितमानसिंह बस्नेतले हत्याए । यसरी बाबु–छोराहरूको सोही रात हत्या गरियो । हत्या हुँदा युद्धप्रतापजंग राणाजीको उमेर जम्मा बीस वर्षको थियो ।
 
=== वीरशमशेरको प्रतिक्रिया ===
वीरशमशेरले जगतजंगको हत्याको सूचना पाएपछि ‘पक्रनू भनेको किन हत्या गरेको ?’ भनी खड्गशमशेरसँग प्रश्न गर्दा निजले, ‘पक्री ल्याउनू भनेकोमा हत्या नै गर्नुपर्ने अवस्था परेबाट गारतले हत्या गरेछ’ भनी जवाफ दिए । वीरशमशेरले पनि निजको हत्या भएकोमा त्यति चिन्ता गरेनन् । पछि जुद्धप्रतापजंगको हत्या भएको सूचना पाई वीरशमशेरले ज्यादै दुःख माने, कारण उनी ज्यादै मिलनसार र नम्रभाषी थिए ।<ref>'''पुरुषोत्तमशमशेर जबराको श्री ३ हरूको तथ्य वृत्तान्तबाट'''</ref>
 
== त्यसपछि ==
आफुहरु पनि जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरुले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे । वीर शमशेर प्रधानमन्त्री भए । खड्ग शमशेर प्रधानसेनापति बने । जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरुले आफ्नो नाममा पारे ।
 
== चलचित्र ==
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित