"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

link
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Military Conflict
{{Orphan|date=सेप्टेम्बर २०११}}
|conflict=भण्डारखाल पर्व
{{Wikify|date=जुन २०११}}
|image=[[File:Jang Bahadur Rana.jpg|thumb|जङ्गबहादुर राणा, भण्डारखाल पर्व प्रमुख व्यक्ति]]
|caption=
|date=१९०३ कात्तिक १२
|place=भण्डारखाल बगैचा
|cause = जंगबहादुरद्वारा रानीको आदेश उल्लंघन
|result=जंग बहादुरको विजय
काजी [[वीरध्वज बस्न्यात]]को हत्या
रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देश निष्कासन
जंग बहादुर प्रधानमन्त्री र प्रधानसेनापति नियुक्त
|combatant1=जंग बहादुर र भाइहरु
|combatant2=जंगबहादुर बिरोधी भारदार
|commander1=''' [[जंगबहादुर राणा|जंग बहादुर कुँवर]]'''
|commander2=[[वीरध्वज बस्न्यात]]
[[बद्री सिंह भण्डारी]]
[[वजीरसिंह भण्डारी]]
|casualties1=०
|casualties2=२३

== पृष्ठभूमि ==
[[कोत पर्व]]पछि [[जंगबहादुर राणा|जंगबहादुर]] रानी लक्ष्मीदेवीको मन जितेर प्रधानसेनापति बन्न सफल भए | रानी लक्ष्मीदेवीले [[माथवरसिंह थापा]]लाई झैँ [[जंगबहादुर राणा|जंगबहादुर]]लाई पनि युबराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आबश्यक प्रबन्ध गर्न दबाब दिईन् | रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने बिश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जन्गबहदुरसंगरिसाएकोजंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् |

== षडयन्त्र ==
Line १२ ⟶ २४:
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो |जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न बिरध्वज बस्नेत स्वयम् गए | जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो | बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए | जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो | प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए | बद्री सिंह भण्डारी भने समातिए |

रानी लक्ष्मीदेवीद्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन | जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए |आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो | त्यस घटनामा २३ जनाको हत्या गरियो , १७ जनाले भागेर ज्यान बचाए |

== त्यसपछि ==
त्यसपछि जंगबहादुरले राजा राजेन्द्र तथा युबराज सुरेन्द्रको उपस्थितिमा भाइ-भारदारहरु भेला गराई रानीबाट रचिएका सबै षड्यन्त्रपूर्ण कार्यहरुको जानकारी गरे | त्यसैदिन रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देसदेश निष्कासन गरियो | उनी आफ्ना दुई छोरा रणेन्द्र र बीरेन्द्रलाई साथमा लिई २१ लाख रूपैयाँ र गरगहना लिई काशी गइन् |युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा खलक]] र [[पाँडे खलक]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार [[बस्न्यात खलक]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref name=":0">https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>

{{stub}}

==यो पनि हेर्नुहोस्==